एक्याप क्षेत्रमा जाने पर्यटकलाई सुबिधा अनलाइन बाटै प्रबेश अनुमती लिने ब्यबस्था लागु

सराङकोट न्यूज
2 October, 2024 12:16 pm
Advertisements

प्रबिधिको बिकास सङ्गै अन्नपूर्ण क्षेत्र सरक्षण आयोजनाले पर्यटकहरुलाइ अनलाइन बाटै प्रबेश अनुमति दिने प्रबन्ध मिलाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका हुन । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको आयोजना प्रमुख डा रविन कडरियालेबताए , पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिन सक्ने डा कडरियाले बताए ।

प्रवेशाज्ञाका लागि शुल्क संकलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको बताइएको छ ।, अनलाइन सेवा २४ घण्टा नै सञ्चालन रहनेछ’, उनले भने, ‘अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।’ यसअघि एक्यापले काठमाडौँको भृकुटीमण्डप, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिँदै आएको थियो ।

अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने आयोजना प्रमुख डा कडरियाले दाबी गरे । अनलाइन सेवाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता थपिने उनको भनाइ छ । विदेशबाट पनि पर्यटकले अनलाइन माध्यमबाट उक्त क्षेत्रको प्रवेशाज्ञा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
पदयात्रा पर्यटनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र बिस्वमानै चरचित छ ।बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमफिरका लागि पुग्ने गर्छन् । यो वर्षको मुख्य पर्यटकीय याम भर्खर सुरु भएकाले त्यस क्षेत्रका गन्तव्य स्थलमा पर्यटकीय गतिविधि बढ्न थालेको छ ।

Advertisements

७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ वटा स्थानीय तह (पालिका) का ८७ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, कागबेनी, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङ लगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्य स्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दी लगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।
बिस्वका उत्कृष्ट पदयात्रा र घुमफिर क्षेत्रमा अन्नपूर्ण सम्रक्षण क्षेत्र मानिन्छ । बर्षमा २ लाख भन्दा बढी पर्यटक यो क्षेत्रमा आउने गरेका छन । पर्यटकको सुबिधा र सुरक्षाको लागि थप ब्यबस्था गर्न आयोजना प्रतिबद्द रहेको अन्नपूर्ण क्षेत्र सरक्षण आयोजनाका प्रमुख डा रबिन कडरियाले बताएका छन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: