नागरिक अभियन्ता केसि ३० हजार धरौटीमा छुटे

सराङकोट न्यूज
1 October, 2024 6:57 pm
Advertisements

 

बागलुङका कृयासिल नागरिक अभियन्ता एक बहादुर केसी सङ्गम ३० हजार धरौटीमा रिहा भएका छन । बागलुङ बसपार्कको उद्घाटन मुख्यमन्त्री सुरेन्द्र राज पान्डेबाट तामझामका साथ गराइएको भोलि पल्ट बाट बसपार्क सुन्सान भएको , फोहोर मैला मात्र थुपार्ने काम भएको भन्दै अभियन्ता एक बहादुर केसी बिरोधमा उत्रिएका थिए । उनले एक महिना भित्र बसपार्कलाई फुलफेजमा नचलाए उद्घाटनको सिलालेख राख्नुको अर्थ नहुने अभिव्यक्ति दिएका थिए ।
अभिव्यक्तिको असन्तुस्टी स्वरुप बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेस्ठले साइबर अपराध गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन निर्देशन दिएका थिए । प्रहरिले प्रारम्भिक छानबिन नै नगरी मुद्दा दर्ता गरि जिल्ला अदालत बागलुङ बाट पक्राउ पुर्जी लिएको थियो । पक्राउ पुर्जी जारि भएपछी केसि भुमिगत हुन बाध्य भएका थिए । अभिव्यक्तिकै आधारमा उनलाई मुद्दा चलाउने योजनाबद्द र नियोजित कार्यको सर्बत्र आलोचना भएको थियो । अन्तत केसिले कानुनलाई सहयोग गर्न गत शुक्रबार प्रहरी कार्यालय उपस्थित भएका थिए । प्रहरिले द्रुत मार्गबाट मुद्दा अगाडि बढाइ इजलाश समक्ष पेस गरेको थियो अदालतको थुनछेक बहस पछि ३० हजार धरौटी लिएर रिहाइ गर्न निर्देशन दिएको थियो । उनै मङ्गलबार रिहा भएका छन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: