वालिङ एफ एमको १७ लाख घरभाडा बक्यौता कान्डमा मेयर कालोसूचीमा , पुर्ब मेयर पनि सम्लग्न

सराङकोट न्यूज
1 October, 2024 5:33 pm
Advertisements

यदुनाथ बन्जारा

वालिङ नगरपालिकामा झन्डै डेड दशक अघि तामझामका साथ खुलेको सामुदायिक रेडियो वालिङ एफ एम बिगत ४ बर्ष देखि बन्द छ । वालिङका चर्चित गन्यमान्य भनेर चिनिनेहरुले उक्त रेडियो खोलेका थिए । ब्याङ्कर जलेस्वर पान्डे , अर्का ब्याङ्कर तथा पुर्ब मेयर दिलिप प्रताप खाड , वालिङका बर्तमान मेयर कृष्ण खाड लगाएतको अग्रसरतामा एफ एम खोलिएको थियो । एफ एम वालिङ बजारका खुमाकान्त खनालको घरमा टावर ठडाएर खोलिएको थियो । एउटा फ्लाट नै भाडामा लिएर चलाएको एफ एम आर्थिक सङकटका कारण बन्द हुन पुग्यो ।
रेडियो बन्द गर्नेहरुले घरधनि खुमकान्त खनाललाई दिनु पर्ने भाडा समेत नदिइ रेडियोका सन्चालक हरु तितर बितर भएका छन ।वालिङमा मुन्टो लुकाएर हिड्ने रेडियोका सन्चालकहरुले खुमकान्तलाई न्याय गर्न सकेनन । अरु त लुके लुके वालिङका बर्तमान मेयर कृष्ण खाड भने लुक्न सक्ने कुरै भएन । उनलाइ रेडियोको अफिस भाडा तिर्न दवाबले सतायो । साथिहरु सङ्ग सल्लाह गरे सबैले मिलेर दायित्व स्वीकार गरौ र भाडा तिर्ने सहमति भयो । सबैको सल्लाह अनुसार बर्तमान मेयर कृष्ण खाडले घरभेटी खुमकान्त खनाललाई गरिमा बिकाश बैंकको ४ लाखको चेक दिए । २०८० असोज १ गतेको चेक त दिए तर पैसा नभएको । खुमकान्तले पटकपटक बैंक गए तर चेक भजिएन । माघमा उनले बैंकमा चेक बाउन्स गराइ कालोसूचीमा राख्न निबेदन दिए । अन्तत मेयर खाड बैंकको कालो सुचिमा परे ।
गएको फागुन देखि मेयरको नामका बैंक खाता कुनै पनि चल्दैनन । नगरपालिका बाट पाउने भत्ता सुबिधा कर्मचारी मार्फत नगदमा बुझ्ने गरेका छन । नगर पिता भएर बैंकको कालोसूचीमा परेपछी अरुलाइ कसरी न्याय दिनुहुन्छ त मेयय साप भन्ने हाम्रो जिज्ञासामा उनले आफुलाइ रेडियोका लगानिकर्ता साथिहरुले फसाएको गुनासो गरे । अहिले खुमकान्तजिलाइ तपाइको चेक दिनु तपाइलाइ हामी सबै मिलेर सहयोग गराउला भने मैले बिस्वास गरेर चेक दिए तर न मलाइ दामासहिको सहयोग गरे न खुमकान्त लाइनै पैसा तिरे म बिस्वास घातको सिकार बनाइए मेयर खाडले भने । असोज महिना भित्र कारोबार मिलाउने प्रयास गरेको बताउदै उनले भने “सबैले खुमकान्तको बक्यौता तिर्नै पर्छ भागेर कसैले मुक्ती पाउदैन ।” आफू कालो सुचिमा परेर अप्ठेरो अबस्थाको सामना गरिरहेको बताउदै उनले भने ” म लज्जित छु तर अरु जस्तो बिस्वास घात गरेर भागेको छैन मेरो दायित्व म निभाउछु ।”
मेयरलाइ कालोसूचीमा हालेका घरधनी खुमकान्त खनाल रेडियो सन्चालकहरुले आफ्नो घरभाडा बापत १७ लाख दिन बाकी रहेको बताउछन । झन्डै १४ बर्ष देखि रेडियोले फ्ल्याट भाडामा लिएकोछ ।केही समय अघि कृष्ण खाड (हालका मेयर )ले १ लाख नगद दिएका थिए त्यसपछि कसैले एक रुपैयाँ दिएका छैनन। जलेस्वर पान्डे , दिलिप प्रताप (पुर्ब मेयर ) लगाएतले मिलेर सबैले बक्यौता चुक्ता गर्ने सल्लाह भएको थियो तर उनिहरु बक्यौता तिर्ने त के सम्पर्कमा आउनै खोज्दैनन ,उनले भने बल्ल पाएको चेक पनि नसाटिएपछी बाउन्स गराएर कालो सुचिमा राखनुको बिकल्प थिएन । चेक दिने मेयर खाड र लिने खनाल साढु दाजु भाइ हुन ।
आफ्नो घरको छतमा हालेको टावर र फ्ल्याट खाली गर्न पटकपटक अनुरोध गर्दा पनि नहटाउने भाडा पनि नदिने कार्यले हैरानी दिएको घरधनी खनालले दुखेसो पोखे । वालिङका अग्रज ब्यक्तिहरु भएको सस्थाको यो दुरावस्था निम्त्याउनुलाइ किमार्थ राम्रो मान्न सकिन्न । उत्कृष्ट नगरपालिकाको सम्मान पुरस्कार खाइसकेको वालिङका दुई जना मेयर जोडिएको रेडियोको बक्यौता कान्ड क्रोनिक बन्दै जानू लज्जाको बिषय हो । बहालवाला मेयर नै बैकको कालोसुचिमा पर्छन भने अरु सर्बसाधारण नागरिकको समस्या कसले सम्बोधन गर्ने कसले न्याय दिने ? वालिङका पुर्ब मेयर दिलिप प्रताप खाड सङ्ग बक्यौता प्रकरणमा प्रतिक्रिया लिन सम्पर्क उनको मोबाइल अफ रहेकोले प्रतिक्रिया लिन सकिएन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: