भुर्जुङ्खोलाबाट कटिङ ढुङ्गा बोकेर पोखरा तर्फ आइरहेको ट्रक लामाचौर पानी ट्याङ्कि अमला बिसौनी चौतारो चोकामा दुर्घटना हुन पुगेको छ । भुर्जुङखोला बाट राती ३ बजे घार्मी हुँदै पोखर तर्फ आएको अबस्थामा ओभर लोड ट्रक अनियन्त्रित भइ आमा समुहको घरको पिल्लरमा ठोक्किन पुगि पुर्बितर्फ रहेको गोबिन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो ।ग १ ख ५२५८ नम्बरको ट्रकले सटरमा रहेको वसन्त खड्काको फ्रेश हाउसमा क्षेती पुर्याएको छ ।
५ हजार पिस भन्दा बढी कटिङ ढुङ्गा बोकेर पोखरा तर्फ आउदा अकला हुदै पोखरा आउने सजिलो सडक हुदाहुदै बेसिचोक हुँदै घार्मी उक्लिएर लामाचौर तर्फ रातिको समयमा आउनुलाइ रहस्यमय ढङ्गले हेरिएको छ ।कटिङ ढुङ्गा चालक राजु गिरि स्वयमले ल्याएको र ट्रक रिसिराम आचार्यको रहेको खुलेको छ । दुर्घटना गराउने चालक राजु गिरि स्वयमले एक्याप क्षेत्रबाट ढुङ्गा ल्याएको हुन सक्ने बुझिएको छ । चालक गिरिको खुट्टा भाचिएको र लामाचौर मेट्रो प्रहरिले तत्काल फिस्टेल अस्पतालमा पुर्याएको थियो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र ढुङ्गा थप अनुसन्धानका लागि एक्याप पठाइने भएको छ । कटपिस ढुङ्गा र दुर्घटनाको कारणको बारेमा थप अनुसन्धान पछि तथ्य कुरा बाहिरिने नै छ । ( भिडिओ हेर्नुहोस )

०६१४४५०००, ९८५६०३३३९१
रातको ३ बजे कटपिस ढुङ्गा बोकेको ट्रक लामाचौरको पसल भित्र पस्यो
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्