मुक्त फाउन्डेसन र कर्क विश्वविद्यालय बीच सहमति

सराङकोट न्यूज
28 September, 2024 8:36 am
Advertisements

मदामणी तिमल्सिना 
काठमाडौं -मुक्त फाउन्डेसन पोखरा नेपाल र थाईल्याण्डको कर्क विश्वविद्यालय(युनिभर्सिटी ) बीच उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्ने गरि प्रारम्भिक चरणको समझदारी भएको छ।
बिहिवार काठमान्डौमा भएको एक समारोहमा मुक्त फाउन्डेशन पोखरा र कर्क युनिभर्सिटी थाईल्याण्डका बीच उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्न एक प्रारम्भिक चरणको समझदारीमा दुबै संस्थाको तर्फबाट हस्ताक्षर भएको छ। फाउन्डेसनको तर्फबाट अध्यक्ष दामोदर त्रिपाठी र
सो विश्वविद्यालयको तर्फबाट विदेश विभाग प्रमुख प्रो डा जारना मालेलुमबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा भनिएको छ नेपाली विधार्थीहरुले नेपालमा नै बसेर सो विश्वविद्यालयको स्नातक देखि विद्यावारिधि सम्मको शिक्षा हासिल गर्न सक्ने सो विश्वविद्यालयमा विभिन्न सङ्कायका कार्यक्रमहरु रहेका छन् ,फाउन्डेसनले नेपाली शिक्षा र ताईल्याण्डको उच्च शिक्षा अध्ययन , अनुसन्धान , ज्ञान र सिपको आदानप्रदान गर्ने गरि सहमति गरेको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।
कर्क विश्वविद्यालयसँग फाउन्डेसनको सहजीकरणमा काठमाडौंका अन्य सामुदायिक तथा निजी कलेजहरुको पनि सोही कार्यक्रममा सहमति गरेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: