मुङ्ग्लिन पोखरा पश्चिम खन्डको भौतिक प्रगती ३० प्रतिशत मात्र १५ महिना म्याद माग तर पूरा हुनेमा शङ्का

सराङकोट न्यूज
27 September, 2024 10:51 pm
Advertisements

 

सरकारले प्राथमिकताको रुपमा लिएको मुङ्लिन पोखरा सडकको पश्चिम खन्डको भौतिक प्रगती बल्ल ३० प्रतिशत पुगेको छ । २०८१ भाद्र १२ गते म्याद सकिएको अबस्थामा जम्मा ३० प्रतिशत काम भएको मुङ्लिन पोखरा पस्चिम खन्डका सुचना अधिकारी इन्जिनियर नारायण पौडेलले बताए ।
पश्चिम खन्ड जामुने बाट पृथ्वी चोक पुल सम्मको ३८.८८ किलोमीटर दुरी परेको छ । कोभिडको समस्या देखाएर म्याद थप माग गरेकोमा सरकारले १०१ दिन मात्र म्याद थप गर्न स्वीकृति दिएको छ तर सडक ठेक्का पाएको चाइनिज निर्माण कम्पनी एन्हुइ कैज्योन एन्ड बृज कम्पनी लिमिटेड ले १५ महिनाको म्याद माग गरेको छ । ७ अरब ४० करोडमा ठेक्का पाएको उक्त कम्पनिले उसले मागेको अबधिमा पनि काम सम्पन्न गर्नेमा शङ्का रहेको छ । थोरै कामदार खटाएर टालटुल गर्ने प्रवृत्तिका कारण पश्चिम क्षेत्रको सडक निर्माण कार्यले तदारुकता देखाउन सकेको छैन ।
उक्त सडक खन्डमा ४ वटा ठुला पुल र ८ वटा साना पुल रहेका छन । भित्तो कटान सम्बन्धि काॠ खासै नभएको यस खन्डमा बजार क्षेत्र बडि पर्ने भएकोले घर जग्गा खाली गर्ने र मु आब्जा समस्या रहेको आयोजनाले बताएको छ तर साइड क्लियर भएको स्थानमा पनि कामले गति लिएको देखिदैन । बिजुलिका पोल र खानेपानीका लाइन सार्ने काम अझै ५० प्रतिशत बाकी रहेको छ । विद्युत पोल सार्ने कार्यमा भएको ढिलाइमा प्राधिकरणले आलटाल गरिरहेको बताइएको छ ।
यता सेती नदि माथी निर्माणाधीन पुलको निर्माण प्रगती २५ प्रतिशत वरिपरि पुगेको छ । रसुवा कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएको सिग्नेचर पुलको ठेक्का लागत १ अरब ७ करोड रहेको छ । सेती नदिमा हाल भइ रहेको पुलको दायाँबायाँ दुई वटा सिग्नेचर पुल बन्नेछन ।
बिकाश साझेदार दात्री निकाय असियाली बिकाश बैकको आर्थिक प्रबन्धमा यो रोड र पुल बनिरहेको छ । निर्माणकार्यमा ढिलाइ हुदा सडक प्रयोगकर्ताले सास्ती ब्यहोर्दै आएकाछन । बिकाश निर्माण कार्यमा तिब्र रुपले अगाडि बडिरहेको चिनका नागरिकले ठेक्का पाएको भएपनी नेपाली हावापानीले भेटेका कारण निर्माणमा ढिलाइ भएको छ। ठेक्का कम्पनीले माजदुरहरुलाइ ३/४ महिना देखि ज्याला दिन नसकेको कारण मजदुर नपाउदा काममा ढिलाइ भएको बुझिन आएको छ ।
सरकारले समयमा काम गर्न नसक्ने कम्पनीलाई कारबाही गर्न नसकेको कारण निर्माण कार्य अलपत्र पर्दै गएकाछन भने दाता निकायको मन समेत अमिलो बनाउदै लगेका कारण नेपालको छवि बिग्रन पुगेको छ । ठेकेदार कम्पनिले सरकार हल्लाउनु , स्थानिय तहमा असहयोग हुनु , बन, बत्ति् पानी जस्ता निकायले साइड क्लियर गर्न लामो समय खानुले पनि नेपालको निर्माण कार्य भद्दा र सुस्त बन्दै गएको पाइन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: