जगत बन्धु पोखरेल
बृटिस साम्राज्यले पनि लिन नसकेको नेपाल हाल यो अवस्थमा कसरी पुग्यो ? यसको जिम्मेवारी कसले लिने ? भोलीको नेपाल कस्तो हुने? नागरीकको जिबन कसरी ब्यतित होला? यी आदी इत्यादी प्रश्नले मेरो मानसपटल घुमाइ रहेको हुन्छ।
नेपाल भू-परिबेष्ठीत मुलुक हो पारवाहन को सुविधामा केहि समस्या होलान तर समाधान नभएको भने होइन। विश्वमा नेपाल एउटा यस्तो राष्ट्र हो जहा जडिबुटि ,पर्यटन, विद्युत, कृषी सबै क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिन्छ साधन श्रोत र जनशक्ति प्रचुर मात्राम छ तर सहि सदुपयोग हुन सकिरहेको छैन। प्रत्यक क्षेत्रको जनशक्ति विदेशीएको छ देशमा बाल बच्चा र बुढाबुढी मात्र घरमा रहन्छन उनिहरुले उत्पादनमुखी काम गर्ने सम्भव छैन ।विदेशबाट पठाएको रेमिट्यान्सले जसो तसो देश चलेको छ भोली देशमा बाल वच्चाको संख्या घट्दै जाने र बृद्ध बृद्दाको संख्या बढ्दै जाने निश्चीत छ भोली देशमा जनसंख्या घटदै गएर जापानको जस्तो अवस्था आउने निश्चित छ भने बृद्द, बृद्धाको स्याहार संभार गर्ने कोही हुने छैन ।
देशको मूल कानून संविधान भए जस्तै देश चलाउने गुल नीति राजनिती हो। जब राजनीतिनै विग्रन्छ त्यसपछि देशको विकास कसरी हुन्छ ? भ्रषटाचार र कमिसनखोरले देश आक्रान्त छ। कानुनको शासन क्षैन बाहुवलिको शासन छ ।देश सुसाशनले चल्नु पर्नेमा कुशासनले चलाइ रहेको छ। राजनीतिमा इमान्दारीता र नैतिकताको गुन्जायसनै छैन दलहरु कसले कति धेरै भ्रष्चाचार गरी कसरी अकुत सम्पत्ती कमाउने भन्ने ध्याउन्नमा छन ।आम जनता संग गरेका फोस्रा वाचाहरु कहिल्यै पुरा गर्दैनन् ।”राजनीती सेवा हो “भने भावना भएका नेताहरु कुनै पनि दलमा नेतृत्व गर्न पाउदैनन् ।उनिहरुलाई जसरी पनि पारवा लगाइन्छ। मानौ नेपालको राजनीतिमा त्याग र समर्पणको कुनै आवश्यकतानै छैन। भ्रटाचारि दलाली र चाकडीबाजको मात्रै हालीमुहाली छ निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो छ नेतृत्त्वलाई दाम नचाढाए सम्म टिकट पाइदैन। पाएपछि भाडाका टट्टुहरु खरीद गरे र आम मतदाता लाई पैसा दिएर अथवा मासु भात नखुवाएं सम्म मत दिदैन। एउटा संघिय साभासदको निर्वाचन का लागी करतीमा ५/६ करोड खर्च गर्दछन् भने प्रदेश संसाद का लागी २/३ करोड खर्च गर्दछन पलिकास्तरका चुनाव पनि त्यस्तै खर्चिला छन् अव एक पटक सोचौत उल्लेखीत रकम कसरी व्यवस्थापन गरिन्छ खर्च भएको रकम कहाँ खर्च हुन्छ? त्यसले के प्रतिफल आउछ ? राष्टलाइ कति राजस्व प्राप्त हुन्छ ? त्यो अनावश्यक खर्चले देशलाइ कति घाटा हुन्छ ? । जब नेताले लगानी गरेर मात्र नेत्तृत्वमा पुग्छ भने उसले गरेको लागनीको प्रतिफल लिने कि नलिने ? यदि नलिने हो भने उ एकै पटकमा टाट पल्टीन्छ। उसलाइ फेरि पनि राजनीति गर्नुनै छ उसले प्रतिफल लिन्छनै साथ साथै उसले आफ्नो प्रभुलाई पनि चढाउछ किनकी उसको भोलीको राजनीति पनि निर्बाद रुपमा चलाउनु छ यसरी पैसा खर्च गरेर पद प्राप्त गरेको व्यक्तिले सधै आफ्नो फाइदाको मात्र हिसाव गर्दछ।
आम जनता पट्टि उसको ध्यान हुने कुरै भएन हिंजो हात्ती छाप चप्पल पडकाउने नेता आज कसरी ठूलठूला सहरमा महल ठड्याउने, अरबौ रुपयाको बैंक ब्यालेन्स, करोडौ रुपैयाकोगाडी किन्न सक्नेहैसियतमा पुगे? कसैले यस वारेमा सोचेको छन् ?कर्मचारी तन्त्रमा हेरौ जुनसुकै ओहदाको भएपनी जसले भ्रटाचार गन्यो, नेता र हाकिमको चाकडी गर्न सक्यो उ आज समाजमा सफल र योग्य ठहरियो अझ भनौ आफ्नै घरमा पनि क्षमतावान कहलियो तर उसले यो कसरी गर्र्यो खोजी गर्ने कोई छैन। जसले भ्रष्टचार गर्न सकेन उसले चाकरी गर्न पनि सकेन र समाज र परिवारमा पनि असफल सावित भयो। अन्तत्वगत्वा उसको इमान्दारिता र नैतिकताले घुडा टेक्यो त्यसैले कर्मचारीलाइ घुसखोरी बनाउने पहिलो श्रेय राजनितिक नेता र परिवारलाइ जान्छ भन्दा अत्युक्ति हुदैन।
फेरी राजनीतीको कुरा गरौ हिजो जेल नेल खाएका, सर्वस्वहरण भएका वा राजनीतीमा लागेका कारण सरकारि सेवावाट हटाइएका वा सरकारी सेवाको अवसर बाट बन्चित भएका ब्यकि र तिनको सन्तत्तिको अहिलेको अवस्था के छ उनीहरुले कसरी जिवन यापन गरी रहेका छन् र विना लगानी परिश्रम नेता भएका हरुको वा तिनका सन्ततीहरुको अहिलेको अवस्था र जिवन यापनको शैली मात्र तुलना गरौ राजनीतिको असलि रुप के रहेछ भन्ने पत्ता लगउन कुनै समस्या हुदैन ।
अव नेपाललाई यहि अवस्थामा रहन दिने कि सुधारको पहल गर्ने भन्ने जिम्मा विशेषगरी युवा वर्गको भूमिकामा निर्भर गर्दछ । आफना प्यारा अभिभावक र साथि संगतीलाई त्रिभूवन विमान स्थलमा रुदै रुदै वाइवाइ भनेर खुसिहुने कि “” पोलिटिकल एडिक्टेड “”भएर नेताको भजन गाएर उसको लागी मारपीट गर्ने, चुनावमा १०/२० लिटर पेट्रोल र एउटा बाइक लिएर नेताको लागी लडभिड गर्ने वा पार्टि भन्दा माथि उठेर राम्रो नेता चुन्ने. जसले देशको लागी केही गरोस , हामिले तिरेको करको उपयोग हामीलेनै गर्ने अवसर श्रृजना गरि दिओस । यो छान्ने जिम्मा अब सचेत युवा बर्गलाइ जान्छ ।
हामी आम नेपालीले अहिले जस्तै हेरेरमात्र वस्ने हो भने भोलीका दिनमा बृद्द बृद्दाकोहालत के होला हामी पनि बृद्द हुन्छौ । त्यसवेला हाम्रा संतती हामिसंग हुने छैनन हामीलाई तातो पानी दिने पनि कोही हुने छैनन् सरकारले राम्रो हेरचाहको लागि केही गर्ने वाला छैन हुन सक्ला सक्नेका छोरा छोरीले विदेशबाट खर्च पठाइदेलान नसक्नेको हालत के होला ? एक समय हाम्रो यस्तो दिन पनि आउने छ कि हामीसंग पैसा भएर पनि हामिले वैकमा गएर पैसा ल्याउने र पसलमा सामान खरीद गरेर ल्याएर बनाएर खान सम्म पनि नसक्ने दिन आउने छ त्यो समयमा के गर्ने ? अहिले नै गांउघर खाली भै सके अबको १०/१५ बर्ष पछि सहरका घर पनि खाली हुंदै छन । त्यसको सुरुवात भै सकेको छ एकपटक अनुगमन गर्नुहोस थाहा हुन्छ।
अब आफ्नो बृद्दा बस्थाको ब्यबस्थापनको एउटा उपाय भनेको “”स-शुल्क जेण्ठ नागरीक आश्रम बनाउनेनै हो। कम्तिमा ५०/६० रोपनी क्षेत्रफलमा आश्रम बनाउने, त्यसमा वरीपरी अर्गानीक तरकारी लगाउने ,गाईभैसी पालेर सुद्ध दुध खुवाउने। बिमारि भएमा सामान्यरोगको उपचार गर्ने जटिल बिमारकोलागि परिवार मार्फत उपचारको प्रवन्ध मिलाउने परिवारबाट सम्भब नभएकाका लगि आश्रम बाटनैनै केहि गर्ने आश्रम भित्र आवश्यकता अनुसार मठ, मन्दिर, मस्जित,चर्च, गुम्वा निर्माण गर्ने ,व्यायम स्थल ,पार्कको निर्माण गर्ने आवयकता अनुसार आश्रमको क्षमता वृद्धी गर्दै जाने मात्र गर्न सकियो भने पनि करतीमा १०० जना जति बृद्दजोडीलाई सहज आश्रय दिन सकिन्छ। यो काम कुनैएक जनाबाट मात्र गर्न सम्भव छैन । यसकालागि भबिश्यकालागि केहि गरौ भन्ने जागरुक ब्यक्तिहरुको सहभागिता आबस्यक पर्ने भएकोले सहभागीता जमाउन इच्छुक व्यक्तिहरु भेला गरि एउटा समिती बनाइ तत्काल सम्भाबनाको खोजि गरि अगाडि बढाउनु पर्ने भएकोले यस अभियानमा सहभागिताका लागि अनुरोध गर्दछु ।
(