प्रकृतिक मानव केन्द्रित जन अभियान नेपालको अन्तरकृया जारी

सराङकोट न्यूज
25 September, 2024 9:44 am
Advertisements

बाताबरण र पर्याबरणको क्षेत्रमा कृयासिल प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको गण्डकी प्रदेश स्तरिय दुईदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सिग्देल बन्धु प्रतिष्ठान गैडाकोट-१ नवलपुरमा ८ गते बाट सुरु भयो ।
कार्यक्रममा प्रकृति-मानव केन्द्रित जन अभियानको वारेमा बिन्दुराज सापकोटा, मानव समाजमा सहि र गलत कसरी छुट्याउने भन्ने विषयमा डा. माया गिरी र जलवायु संकट सम्बन्धमा उत्तम कडेलको प्रस्तुति रहेको थियो ।

त्यसै गरि उपरोक्त प्रस्तुतिकरणमा किसान शर्मा, भक्ति प्रसाद लामिछाने, बासुदेव वाग्ले, सन्त बलराम सिग्देलले आफ्नो थप भनाई राखेका थिए ।
साथै उक्त कार्यक्रममा सहभागीहरुको तर्फबाट घनिभुत रुपमा छलफलमा सहभागीता रहि महत्वपूर्ण सुझाबहरु समेत प्राप्त भएका छन् । कार्यक्रममा विभिन्न जिल्ला र्पालिकाका अभियन्ताहरुको सहभागिता रहेको छ । अन्तरक्रियाले भाबी रणनीति तय गर्ने बताइएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: