हिमालय क्लवमा मोहन थापा , हिमालय सहकारिमा दुर्गालाल श्रेस्ठ

सराङकोट न्यूज
19 September, 2024 6:25 pm
Advertisements

२८ बर्ष अघि २०५४ सालमा स्थापित हिमालय क्लवको विहीवार सम्पन्न २८ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन थापाको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत चयन भएको छ । निवर्तमान अध्यक्ष सुशील वस्नेत,प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा,सचिवमा तुलवहादुर वस्नेत, सहसचिवमा मनु वस्नेत,कोषाध्यक्षमा लक्ष्मी पौडेल र सह कोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए।त्यस्तै सदस्यमा राजकुमारी वाँनिया,लक्ष्मी श्रेष्ठ,विष्णु नेपाली,सुवाष तिमिल्सीना,सरीता अधिकारी,केशव थापा,रामशरण वाँनिया,खगेन्द्र थापा र विना केसी चयन भएको निर्वाचन समितिका संयोजक चित्रवहादुर थापाले जानकारी दिए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै क्लवका पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीनाले सामाजिक संघ संस्थाको क्रियाशिलताले मात्रै समाज विकास हुने वताए । क्लवका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य वेनीवहादुर वस्नेत,दिप युनाईटेड क्लवका अध्यक्ष खेमराज आचार्य, निर्वाचन समितिका संयोजक चित्रवहादुर थापा, सदस्य दुर्गा केसी थापा लगायतले क्लवले गरेका गतिविधीको चर्चा गरेका थिए ।

 

हिमालय कृषि सहकारीमा दुर्गालाल

पोखरा १६ बाटुलेचौरमा रहेको वाटुलेचौरमा रहेको हिमालय क्लबको सरक्षत्वमा रहेको हिमालय कृषि सहकारीको ४ थो अधिबेशनले अध्यक्षमा दुर्गालाल श्रेष्ठलाई निर्बिरोध अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा शिवराज देवकोटा,सदस्यमा कमला शर्मा,गोविन्द व. थापा,ज्योति वस्नेत,गुञ्जमानसिंह घर्ति क्षेत्री र झलक थापा मगर चयन भएका हुन् । सहकारीको लेखा समितिमा संयोजक राजेन्द्र शाही, सदस्यमा विकास केसी र शर्मिला थापा चयन भए ।सहकारीको चौंथो अधिवेशनले आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै क्लवका पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीनाले सामाजिक संघ संस्थाको क्रियाशिलताले मात्रै समाज विकास हुने वताए । क्लवका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य वेनीवहादुर वस्नेत,दिप युनाईटेड क्लवका अध्यक्ष खेमराज आचार्य, निर्वाचन समितिका संयोजक चित्रवहादुर थापा, सदस्य दुर्गा केसी थापा लगायतले क्लवले गरेका गतिविधीको चर्चा गरेका थिए ।

Advertisements

अधिवेशनले सचिव शिवराज देवकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित समेत गरेको छ ।सोही अवसरमा क्लवले अम्विका टोल विकास संस्थालाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । भलिवल र नेट क्लवका अध्यक्ष वस्नेतले संस्थाका सल्लाहकार गुरुदत्त भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: