अपत्यारिलो मृत्युको लेखाजोखा , बस चलाइरहेका चालकको स्टेरिङमै मृत्यु !

सराङकोट न्यूज
19 September, 2024 11:52 am
Advertisements

 

“मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रैछ ” भन्ने कालजयी गीतले पलपलमा सार्थकता पाएको छ । मृत्यु आखिरी निर्बिकल्प सत्य हो फरक पाटो यति होकि स्वभाबिक कि अस्वभाविक , सहज कि असहज ? सन्सारलाइ नियालेर हेर्दा मृत्युको स्वरुप अनर्थ र उदेक लाग्दा रहेका भेटिन्छन् । कति पयले प्राण फाल्न ओछ्यानमा लडेर महिनौ र बर्षौ सम्म सास्थि ब्यहोरिरहेको पाइन्छ त्यो दुखद मृत्यु हो ।
यहाँ मृत्युुका केही प्रकृति बारे चर्चा गर्ने जमर्को गरिएको छ ।

मागेको चिया आयो तर पिउन नपाउदै बेन्चमै मृयु

पोखरा महानगरपालिका वडा नम्बर १९ चुरुङ्गा स्थायी घर भइ हाल पोखरा ४ बस्ने बलराम गौतमगत बर्ष केही समय सम्पर्क बाहिर रहे । उनको खोजिमा परिवार आफन्त र साथी भाइ सर्कलले पहल गर्यो तर भेटाउन सकेनन । एकदिन अचानक उनको देह बिरगन्ज बजारको घन्टाघर नजैकैको एक चिया पसलमा फेला पर्यो ।उनले पसल बाहिरको बेन्चमा बसेर बिहानको समयमा चिया मागेर बसेको अबस्थामा उनको प्राण पखेरु उडेर गएको उनका आफन्त साथिभाइले सामाजिक सन्जालमा गरेको पोस्ट बाट खुल्न आयो । मागेको चिया आएको तर पिउन नपाइ उनको देह त्याग भएको कुरा बाहिरिएको थियो ।गौतमको मृत्युलाइ अस्वभाविक तर सजिलो मृत्युको रुपमा चर्चा गरियो । भयो के भन्ने कुरा पोस्टमार्टम रिपोर्ट्मा आयो तर सार्बजनिक गर्ने बिषय थिएन त्यो र भएन पनि अपुस्ट जानकारी अनुसार मुटुले धोका दिएपछी उनको तत्काल निधन भएको थियो । मनले चिया माग्यो तर त्यही मनले चिया पिउन समेत नदिएर चुडेर लग्यो ।

यात्रा गर्दा सिटमै यात्रुको मृत्यु

यस्तै गत बर्ष भुर्जुङखोला बाट पोखरा आइरहेको नगर बसमा एक यात्रुले प्राण त्याग गरे । पोखरा भुर्जुङ खोलाको नसमा चडेर आएका उनले बीच बाटोमा भाडा कन्डक्टरलाई भाडा तिरेका तिरेका थिए । भाडा तिर्दा समेत सामान्य अबस्थामा रहेका ती यात्रु पोखरा आइपुग्दा सम्म आफू बसेक्क सिटमै प्राण त्यागेका थिए । उनले प्राण त्यागेको कुरा गाडिका स्टाफले त्यतिखेर थाहा पाए जति खेर उनी गाडिबाट झरेनन । कन्डक्टरले किन झरेनन भनेर सिटमा गएर हेर्दा नचले पछि देहत्याग गरिसकेको जानकारी भएको थियो । उनको मृत्युलाइ पनि अनर्थ र अचम्म मानिएको छ । उनको मृत्यु पनि मुटुले धोका दिएको कारण भएको बुझिएको छ ।

स्टेरिङमै चालकको मृत्यु

असोज १ गते बिस्वकर्मा पुजाको दिन थियो ।रुट क्यु अनुसार ग१ख ५७७७ नम्बरको नगर बसका चालक अनिल परियार ड्युटिमा खटिएका थिए । उनले दिन भरी आफ्नो सवारी चलाए । साझ करिब साढे ५ बजे अन्तिम ट्रीप लिएर दीप हाउजिङ बाट खाल्टे मसिना गएका चालक परियारको त्यही दिन अन्तिम हुन पुग्यो ।
बस चलाएर गैरहेका अनिल परियार खाल्टे मसिना पुग्नै लाग्दा उनलाई मुटुमा असहज भयो जिउ काम्यो । चलिरहेको बस रोके , स्टेरिङ समातेर सम्हालिन खोजे तर उनको केही लागेन ,मुर्छा परे लल्याक्लुलुक हुन पगे । त्यही बसमा गएका यात्रु र वरपरका स्थानियले गाडिबाट झारेर ट्याक्सिमा अस्पताल लगियो ,अस्पताल पुग्दा डाक्टरले मृत घोषणा गरे । घटनास्थलमा रहेका प्रतक्ष्यदर्शी हरुका अनुसार उनको मृत्यु बसको स्टेरिङमै केही मिनेट भित्रै भएको थियो । त्यो बसको अन्तिम टिप सङै उनको पनि अन्तिम घडी आएको पुष्टि गरायो । चालक परियारले पीडा खपेर पनि गाडिलाइ नियन्त्रण बाहिर जान दिएनन र यात्रुको ज्यान बचाउन सफल भए तर आफू भने बसको स्टेरिङमै अस्ताए । ३६ बर्षिय अनिल म्याग्दे गाउँपालिका छाङका स्थायी बासिन्दा हुन उनी बिगत केही बर्ष देखि सवारी चालक भइ आफु र आफ्नो परिवारको जिबिका चलाइरहेका स्वरोजगार मजदुर हुन । उक्त बस उनको श्रीमतिको नाममा रहेको छ ।
यी माथिका तीन वटा मृत्युका घटना प्रतिनिधिमुलक घटना हुन । समाजमा थुप्रै अपत्यारिला मृत्युका घटनाहरु घट्ने गरेका छ्न । कसैकसैले यसलाइ आफ्नो आफ्नो लेखान्त पनि भन्ने गरेका छ्न । त्यो एउटा मन बुझाउने आधार मात्रै हो । खानापिन आहारबिहार जिबनशैली ब्यायाम मुख्य कुरा हो । कसको मृत्यु केमा अड्किएको छ त्यो छदैछ अगाडिनै चिन्ता लिनु ब्यर्थ हुन्छ । बाचुन्जेल असल कर्म गर्ने , आफुले आफ्नै जिउको न्याय गर्नु , होसियार रहनुनै उत्तम बिकल्प र सन्तुस्टिको आधार बन्न सक्छ बनाउनुपर्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: