इलाइट मोटर्सले पोखरामा भित्रायो एसयुभि इभि गाडि ,

सराङकोट न्यूज
13 September, 2024 8:32 pm
Advertisements

सरकारले नेपालमा बिधुत्तिय गाडी भित्र्याउने नीति अघि सारेपछी जनस्तरमा इभि गाडिको लोकप्रियता ह्वात्तै बढेको छ । सुबिधाजन्य कारहरुको लोकप्रियता पछि एसयुभी गाडीको बिक्री गन्डकी प्रदेशको लागि पोखरामा एलाइट मोटर्स प्रालीले सुरु गरेको छ ।शुक्रबार एक औपचारिक कार्यक्रमको बीच पोखरामा अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक भएको छ । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले शुक्रबार गाडी सार्वजनिक गरेको हो ।


कार्यक्रममा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको थियो । एक्काइसौं सताब्दिको नवीन प्रविधि विस्तारमा अमोडा र जेको गाडीले महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने कम्पनिले दाबी गरेको छ ।

इलाइट मोटर्सका अध्यक्ष समेत रहेका अनुभवी अटोमाबाइल व्यावसायि गोपाल बरालले अमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएको बताए । कम्पनी र बितरकको सहकार्यमा ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउने बरालले बताए ।

Advertisements

गाडी बिक्रि गर्नु मात्र ठूलो कुरा होइन ग्राहकलाई दिने स्पेयर्स पार्ट्स सहितको सर्भिसिङ सहज उपलब्ध गराउनु कम्पनिको नीति रहेको इलाइट मोटर्स प्रालिका एम डि शिव बरालले प्रतिबद्दता जनाए ।नयाँ सर्भिस सेन्टर स्थापना गर्ने तयारी भैरहेको उनले बताए ।
देशैभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित नेटवर्क विस्तार गर्ने योजना रहेको एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारदाले बताए ।
पोखरा सहित नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने सारदाले बताए ।

कम्पनिका अनुसार अमोडा ई ५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पर्छ । अमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर क्षमताको छ ।

यस्तै एसयुभी फिचरको जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ ।चाडबाड अफर बापत ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध गराउने नीति लिएको छ । यसले ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ । यसले ० देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्छ । यो इभी एस्युभी गाडिको लन्चिङ पछि हाल नेपालमा एक छत्र बजार कब्जा गरिरहेको एसयुभी गाडिलाइ सिधा चुनौती दिने निस्चित छ । सरकारले पनि डिजेल पेट्रोलका गाडिको बिकल्प खोजिरहेको बेला जेको जे६ इभि एसयुभी गाडी आएपछि मार्ग प्रसस्त गराएको छ ।
सुरक्षाको दृस्टिमा पनि जेको जे ६ गाडी अब्बल रहेको अटो मोबाइलका जानकारहरु बताउछन ।यसमा ६ वटा एयर ब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ । यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ ।

नेपालका लागि अमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आधिकारिक वितरकको रुपमा रहेका छन । बिगत १४ वर्षदेखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको इलाइट मोटर्सले प्रोडक्ट लन्च इभेन्टमार्फत अमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको छ । पछिल्लो समय बिधुतीय गाडिको प्रयोगको लहर चलेको छ । शुक्रबार लन्च भएक इभि गाडिको बारेमा गाडी पारखिहरुको ध्यान तानेको छ । टेस्ट ड्राइभको लागि इच्छुकहरुको माग बडेको बिक्रेता कम्पनी इलाईट मोटर्स प्रालिका एम डि शिव बरालले बताएका छन ।

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: