सम्पादकीय – पत्रकार र ब्यापारीको चुनावी सरगर्मी सुरु

सराङकोट न्यूज
12 September, 2024 11:25 pm
Advertisements

पत्रकारहरुको छाता सस्था पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि चुनाबको मिति घोषणा भएको छ । आगामी असौज ५ गते निर्बाचन गर्ने केन्द्रले घोषणा गरेको छ । चुनाब प्रतिस्ठान देखि जिल्ला प्रदेश हुँदै केन्द्र सम्म एकै दिन हुनेछ । संघीयता कार्यान्वयनमा आएपछी यो दोस्रो एकीकृत निर्बाचन हुनेछ ।
२०८० चैत्र २५ गते तीन बर्ष पूरा भैसकेको भए पनि विभिन्न समस्या र चुनौतिका कारण निर्बाचन गर्न असज अबस्था आएका कारण करिब ६ महिना गुज्रिएको छ । अन्य निकाय र संघ सस्थाको बैधानिकताका बारेमा प्रश्न उठाउने राज्यको चौथो अङ्गको उपाधी पाएको प्रेस जगतको निर्बाचन समयमा हुन नसक्दा नागरिक तहमा विभिन्न गुनासा टिकाटिप्पणी हुँदै आएका छन ।
हुनत यश अघि पनि निर्बाचनको घोषणा भएकै थियो तर त्यसले सार्थकता पाउन सकेन । पत्रकारका विभिन्न संघ सङ्गठनले बिरोध स्वरुप महासङ् मा तालाबन्दी गर्ने कार्य हुदा निर्बाचन कार्यमा बाधा पर्न गयो । पत्रकार बृतमा भएको यो बिरोधको मुख्य कारण पत्रकारको शुद्धिकरण नै थियो । शुद्धिकरण पश्चात् कति पत्रकार बहिर्गमनमा परे ? कति कतिको सदस्यता कायम रह्यो भन्ने बिषय अन्योल रह्यो ।
निर्बाचन हुनु अघि पत्रकारको मतदाता नामावली सार्बजनिक हुनुपर्छ ।तर त्यो सार्बजनिक हुन सकेन फलत निर्बाचन गराउने बाताबरण बन्न सकेन । आगामी असौज ५ गतेलाइ चुनाब घोषणा भएको छ तर पनि मतदाता नामावली सार्बजनिक गरिएको छैन ।कहिले हुन्छ एकिन छैन तर पत्रकार बृतमा चुनाबी चर्चा चल्न थालेको छ । माहोल सृजना हुँदै गएको छ ।दधैको मुखमा हुने चुनाबले थप चर्चा पाएको छ ।
अर्को पुरानो सस्था पोखरा उध्योग बाणिज्य संघमा पनि चुनाबी सरगर्मी बढाएको छ । नेपालकै पुरानो निजि क्षेत्रको अग्रणी सस्था पोखरा उध्योग बाणिज्री संघको चुनाब आगमी भाद्र २८ र २९ गते हुँदै छ । अघिल्लो चुनाबमा पराजित उम्मेदवार अर्जुन पोखरेल र हालका बरिस्ट उपाध्यक्ष गोकर्ण कार्की बिच नेतृत्वको चुनाब हुँदै छ । पोखरेलले सस्थापन पक्षालाइ साथ लिएर प्यानल खडा गरि निर्बाचनमा होमिएका छन भने गोकर्ण काकी एक्लै चुनव्ब लडेर सहानुभूतिको मत बटुल्ने दौडमा देखिन्छन। चुनाब रोमान्टिक मुडमा गएको देखिन्छ ।
चुनाब लोकतान्त्रिक अभ्यास हो । मर्यादित प्रतिस्पर्धा हुन सकेको खन्डमा असल नेतृत्व छनोट हुन सक्ने देखिन्छ। नीति र थिती बसाल्न पनि बेलैमा चुनाब हुनुपर्ने हुन्छ्। अबका १५ दिन भित्र आयोजना हुने चुनाब्लले पत्रकर र ब्य्क्बसायिले नेतृतब पाउनेछ्न । ब्यापारीहरुको चुनाबले आर्थिक मन्दिले ठप्प अर्थतन्त्रलाई चलायमान बनाउने नया नेतृत्व पाउने अपेक्षा गरिएको छ भने पत्रकारहरुको चुनाबले सक्षम नेतृत्वले व्यावसायिक पत्रकारितालाइ स्थापित गराउन बल मिल्ने छ । यी दुबै सस्थाको नेतृत्वले देश र जनतालाई मार्ग निर्देश गर्ने अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: