पोखरा यातायात प्रा लि को छैठौ साधारणसभा सम्पन्न यातायात पत्रकारिता पुरस्कार सापकोटालाइ

सराङकोट न्यूज
12 September, 2024 8:12 pm
Advertisements

हरेक बर्ष यातायात क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्दै आएको पोखरा यातायात प्रालिले यो बर्ष राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएकाछन । पोखरा यातायात प्रा.लि पोखरा कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उनलाई सम्मान गरिएको हो ।

सडक यातायात सँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालहरु सम्म सम्प्रेषण गरेको भन्दै सापकोटालाई नगद सहित सम्मान पत्रलेले सम्मान गरिएको थियो ।

उक्त पुरस्कारको राशि २५ हजार र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी संयोजक रहेको पत्रकार पुरस्कार छनौट उपसमितिले सापकोटालाई पुरस्कृति गर्न सिफारिस गरेको हो ।

Advertisements

सापकोटालाई कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रा.लिका अध्यक्ष देउ प्रसाद गुरुङले नगद सहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

विगत दुई दशक देखि पत्रकारितामा सक्रिय पत्रकार सापोकाटा आदर्श समाज, राष्ट्रिय समाचार समिति टि टिभि, समाधान हुदै हाल राष्ट्र न्यूज डटकम र रेडियो हेमजामा आवद्ध छन ।

यसैगरी छैटौ साधारण सभाको अवसरमा असल चालक तर्फ ग १ ख ३८८७ का चालक सूर्य रानाभाट, असल सहचालक तर्फ ग १ ख ६९७१ का सहचालक कमल गुरुङ, पुरानो व्यवसायी ग १ ख ५२५३ र ग १ ख ३९८९ का सवारी धनी भेषबहादुर कुँवर, कर्मचारी तर्फ ध्रुव पुलामी मगर सम्मानित भएकाछन छ ।

त्यस्तै दश जोड दुई बाट उत्कृष्ट हुने शेयर सदस्य तर्फ ग १ ख ६९५१ की मायाँ विक कि छोरी सोनिया विक र कर्मचारी तर्फ लेखा प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव कुमार चुल्याजुलाई सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजि क्षेत्रले गरेको लागानिलाई नेपाल सरकारले नजर अन्दाज गर्न नुहने बताए । वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई विना योजना प्रालिमा जान वाध्य बनाएको बताउनुभयो । सम्मानित पत्रकार प्रकाशचन्द्र सापकोटा यस्ता खालका पुरस्कारले पत्रकारलाई काम गर्न थप उर्जा मिल्ने बताए ।

पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: