पोखरा १६ का २६ जना बिध्यावारिधी प्राप्तलाई वडा कार्यालयको सम्मान प्रदान

सराङकोट न्यूज
10 September, 2024 9:17 pm
Advertisements
पोखरा महानगरपालिकाको १६ नम्बर वडालाइ शैक्षिक हबको रुपमा लिने गरिन्छ । शैक्षिक हब हुनका लागि यहाँ पर्याप्त आधार रहेको पाइन्छ । देशकै सर्बोत्कृस्ट बिध्यालय बिन्ध्यबासिनी मा बि बाटुलेचौर , गण्डकी बोर्डिङ (राष्ट्रिय बिध्यालय ) स्कुल, गण्डकी स्कुल अफ इन्जिनियरिङ , पस्चिमान्चल क्याम्पस ,बिन्ध्यबासिनी क्याम्पस, इन्द्रराज्य माबी लामाचौर , यहाका सामुदायिक र सार्बजनिक शैक्षिक प्रतिस्ठान हुनुनै शैक्षिक हबको नमुना बनाएको तथ्य पुष्टि गराउछ ।
शिक्षाको ज्योती बाल्ने हलो क्रान्तिका नायक पन्डित मुक्तिनाथ शर्मा , लोक सस्कृतिका साधक जनकबी केशरी धर्मराज थापा , लोक गाएक गाएक जस्ता साधक जन्मेको उर्बर भुमि पोखाराको उत्तरी सिरान बाटुलेचौरले बिद्वत र चेतनसिल समुदायको सकेत गर्दछ ।
यसपटकको ऐतिहासिक तीज मेलाको अबसर पारेर पोखरा महानगरपालिका वडा नम्बर १६ को वडा शिक्षा समितिले पोखरा १६ मा स्थायी बसोबास गर्ने बिध्यावारिधी उपाधी हासिल गर्ने ब्यक्तित्वलाइ सम्मान अर्पण गरेको छ । स्वदेश तथा बिदेशी बिस्वबिध्यालयबट बिध्यावारिधी हासिल गरेका ब्यक्तिहरुलाइ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य , शिक्षा बिद जर्ज जोन ,गण्डकी एकेडेमिका कुलपतिले सम्मान पत्र दोसल्ल ओढाएर सम्मान अरपण गरेका थिए ।
को को भए बिध्यावारिधी सम्मान ?

डा टङ्कनाथ शर्मा
२,डा गेहेन्द्रमान उदाश
३,डा दिर्घमान गुरुङ
४,डा ध्रुब बहादुर कार्की
५, डा गोपाल प्रसाद घिमिरे
६,डा इ महेन्द्र बहादुर बानियाँ
७,डा इ अर्जुन बानियाँ
८,डा पुनम गौचन
९,डा श्रीराम आचार्या /डा निशा बराल
१०, डा सुरेश पौडेल / डा प्रज्ञा गौतम पौडेल
११,डा उत्तम थापा
१२, डा बिदुर देबकोटा
१३, डा गौतम गुरुङ
१४,डा शुनिल भट्टराई
१५,डा श्रीकृष्ण आचार्य
१६,डा कुशल शर्मा
१७, डा पुस्पराज आचार्य
१८,डा अनुप बश्नेत
१९, डा सन्जय शर्मा तिमल्सिना
२० डा सुख बहादुर गुरुङ
२१ डा चन्द्र गुरुङ
२२ डा पुनम गौचन
२३,स्व डा अश्लेषा शर्मा
२४,स्व डा जीत बहादुर गुरुङ

बिन्ध्यबासिनी माबिका सहायक प्र अ राम बहादुर बानियाँकोसयोजकत्वमा गठित समितिले बिध्यावारिधी प्राप्त ब्यक्तित्व छनोट गरेको थियो । स्वदेश तथा बिदेशमा रहि सेवा गरिरहेका बिद्वत बर्गलाइ सम्मान गरेर उनिहरुको शैक्षिक उपलब्धीको कदर गरिएको सयोजक बानियाँले बताए । भविस्यमा थिङ्क ट्याङ्क बनाएर देश बिकाशमा लगाउन सकिने बताउदै उनले भने पोखराको भविष्य निर्माताको रुपमा पनि त्यो बौद्धिक शक्तिलाई प्रयोग गर्न सकिनेछ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: