बोत्तलमा पेट्रोल बेच्ने कार्की कानुनी फन्दामा , २० हजार जरिवाना

सराङकोट न्यूज
5 September, 2024 9:28 am
Advertisements

बोत्तलमा पेट्रोल भरेर महँगोमा बिक्री गर्ने पोखरा १६ लामाचौर बस्ने वीर बहादुर कार्की कानुनी फन्दामा परेका छन । मिनरल वाटरको बोत्तलमा पेट्रोल भरेर बोत्तल ल्याउनेलाइ १९० र नल्याउनेलाइ २ सयमा बिक्री गर्न्ने गरेको सयुक्त बजार अनुगमन समितिले फेला पारेको थियो । पोखरा ९ नयाँबजारमा रहेको बिबेक आयल स्टोर बाट ग्यालनमा पेट्रोल १६३ रुपैयाँ लिटरमा ल्याइ घरबाटै बिक्रीवितरण गर्दै आएका थिए । केही महिना अघिसम्म कार्किले मासु पसलबाट पेट्रोल बिक्री गर्दै आएको स्थानीयले बताए । पछि बिध्यालयले प्रश्न उठाएपछि पसलबाट बिक्रि नगरि घरबाट बिक्रि गर्दै आएको बताइएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय कास्किको नेतृत्वमा भएको बजार अनुगमनमा आएल निगम , गुणस्तर तथा नापतौल , उपभोक्ता मन्च ,पत्रकार र नेपाल प्रहरि सहितको टोलिले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा १४ वटा मिनरल वाटर बोतलमा भरिएको पेट्रोल र २० लिटरको ग्यालेनमा गरि बिक्रीको लागि राखिएको ३४ लिटर पेट्रोल बरामद भएको थियो ।
अनुगमन समितिले बरामद स्थलको मुचुल्का गरि उपभोक्ता हित सरक्षण ऐन बमोजिम २० हजार नगद जरिवाना गरि पेट्रोल बरामद गरिएको छ । अति प्रज्वलनसिल पेट्रोलियम पद्दार्थ घर पसलमा राखी बिक्री गर्दा आगलागी जस्ता दुर्घटना हुनसक्ने खतरा रहन्छ । उपभोक्ता ठगी गरि महङ्गोमा पेट्रोल बिक्रि गरेबापत पहिलो पटकलाइ जरिवाना गरिएको अनुगमन समितिका सदस्य शिव गौतमले बताए । अब फेला परे कालोबजारी ऐन अनुसार कारबाही गरिने बताइको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: