
पारिजात खराल
रोटरी क्लब अफ पोखरा न्युरोड र रोटरी क्लब अफ पोखरा क्यापिटलको सयुक्त आयोजनामा पोखरा १६ स्थित शान्ति मा बि जुम्लेटिको परिसरमा बृक्षरोपण गरिएको छ । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको बिध्यालय परिसरको खाली जग्गामा लिची ,जामुन , एभोकाडो ,रुद्राक्ष ,दालचिनी , चिउरी , अमला र धुपी लगाएतका १ सय बिरुवा रोपिएको छ ।
बिध्यालय परिसरलाई बाताबरण मैत्री बनाउन र बिध्यार्थिलाइ खुसी राख्ने बार्षिक कार्य योजना अन्तरगत बृक्षरोपण कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ पोखरा क्यापिटलका अध्यक्ष धन बहादुर शाहिले बताए । बिध्यालय क्षेत्रलाइ आवश्यक पर्ने शिक्षा र स्वास्थ क्षेत्रमा थप सहयोग गर्न आफुहरु तयार रहेको अध्यक्ष शाहिले बताए ।
पोखरा महानगरपालिका वार्ड नम्बर १६ का अध्यक्ष अमृत शर्मा तिमल्सिनाले आफ्नो वडाको बिध्यालयलाइ बृक्षरोपण कार्य गरि बाताबरण मैत्री बनाउन पहल गरेकोमा धन्यवाद दिदै रोपेका बिरुवा हुर्काउन पनि सहयोग गर्न अनुरोध गरेका थिए । रोटरीका डिस्टिक ३२९२ का एसिस्टेन्ट गभर्नर गिता सिग्देलले सामाजिक सेवा भावले स्थापित सस्थाका रोटरीएनले समाजका हरेक पक्ष सङ्ग सहकार्य गर्दै सेवामा जुट्न पाउनु सबैभन्दा खुसिको कुरा रहेको बताइन ।
रोटरिएनहरुले पारिबारिक खुसी र उपलब्धिलाई समेत सामाजिक सेवामा रुपान्तरण गर्दै आएका छन ।यसै क्रममा रोटरी क्लब अफ पोखरा क्यापिटलका उपाध्यक्ष रमेशराज बरालले आफ्नो छोराले सि ए पास गरेको उपलक्षमा त्यो उपलब्धीलाइ बिध्यालय सहयोग कार्यक्रममा खर्च गर्दै खुसी बाडेको बताएका थिए ।
बृक्षरोपण कार्यक्रमलाई सहयोग गर्न उपस्थित पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्मा , बिध्यालयका प्रधानाध्यापक सुर्य गिरि , बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष निर्मल आचार्य , अग्रज रोटरियन टुबराज बास्तोला ,भरतमणि बराल ,बिजय बराल ,लेखनाथ सुवेदी लगाएतले सामाजिक कार्यमा ऐक्यबद्धता र उपलब्धी प्राप्तिको शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्