पोखरा १६ बाटुलेचौरको ऐतिहासिक तीज मेलालाइ निरन्तरता प्रदान गर्न पहलकदमी स्वरुप तयारिलाइ तिब्रता दिइएको छ । यसै क्रममा भाद्र १२ गते बिहान
पोखरा १६ मा सर्बपक्षिय भेलाको आयोजना गरिएको थियो । नेपाली महिलाहरूको सास्कृतिक पर्बका रुपमा मनाइने तीज मेलालाई सम्पन्न गर्न बडहरबोट आमा समुहको सयोकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।
मेलालाइ भब्य र सभ्य बनाउन विभिन्न उप समिती गठन गरि जिम्मेवारी दिइएको छ । जसमा अर्थ समिती सयोजकमा रामचन्द्र आचार्य , प्रचार सयोजकमा सन्जय थापा , मन्च ब्यबस्थापनमा गुरुदत्त भट्टराई , अनुगमन तथा निरीक्षण उपसमिति सयोजकमा तारा प्रसाद तिम्सिना ,खाजा तथा जलपान ब्यबस्थापन उपसमितिमा वडा सदस्री रामकाजो गुरुङ , स्वयंसेवक उपसमितिमा राम शरण बानियाँ ,स्वास्थ्य सेवा ब्यबस्थापन उपसमितिमा दुर्गा केसि थापा , अन्तरर क्लब आमन्त्रित ह्यान्ड बल प्रतियोगिता कार्यक्रम ब्यबस्थापन उप समिरिका सयोजकमा अनिल बस्नेत रहेकाछन ।
अगिल्ला बर्ष सम्म हिमालय क्लबले आयोजना गर्दै आएको ऐतिहासिक तीज मेला यस बर्ष क्लबले हात झिकेपछी वडा नम्बर १६ कार्यालयको सरक्षक्त्वमा मेला आयोजना गरिएको छ । मुल आयोजक समारोहको अध्यक्ष बडहरबोट आमा समुहको अध्यक्ष कमला तिम्मिल्सिना रहेकिछन । आज आयोजित तयारी बैठकमा अर्थ समितिका सयोजक वडा सदस्य रामचन्द्र आचार्यले मेला सफल पार्न सबै उपसमितिको उतिकै महत्त्वपूर्ण भुमिका रहने बताउदै ऐक्यबद्धताको लागि अपिल गरेका थिए ।सरक्षक सस्थाको तर्फबाट अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ऐतिहासिक मेला आयोजनालाइ निरन्तरता दिन वडाले जिम्मेवारी लिन परेको प्रस्ट पार्दै मेला सफल पार्न आव्हान गरे ।मेला आयोजक मुल ब्यबस्थापन समितिका सयोजक वडा राज कुमारी बानियाँले नेपाली महिलाहरुको महान पर्व ऐतिहासिक महोत्सवको रुपमा आयोजना गरि सफल पार्नु आम नागरिकको जिम्मेवारी रहेको बताएकि थिइन । भाद्र १८ देखि २१ गते सम्म बाटुलेचौरको मैदानमा आयोजना गरिने मेलामा तीज गीत प्रतियोगिता ,अन्तर क्लब ह्यान्ड बल प्रतियोगिता , अन्तर बिध्यालय नृत्य प्रतियोगिता , रहेको छ । तीज गीत प्रतियोगितामा सहभागी प्रत्यक समुहलाइ १० हजार रुपैया प्रदान गने नीति आयोजकले लिएको छ ।
Advertisements
Advertisements
Advertisements