पोखरेली ट्याक्सी सेवा प्रालिको ६ ठौ सधारण सभा सम्पन्न ।

सराङकोट न्यूज
24 August, 2024 3:37 pm
Advertisements

पोखरेली ट्याक्सी सेवा प्रालिको ६ ठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यातायात ब्यबसायी राष्ट्रिय महासङका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वारको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै बर्तमान अबस्थामा सार्बजनिक सवारीको लगानी सकटमा पर्दै गएको प्रती चिन्ता ब्यक्त गरेका थिए । कानुन बिपरित काम गर्ने र गर्न दिने गलत प्रवृत्तिको बिकास नितिगत नेतृत्व बर्ग बाट हुनु बिडम्बनापुर्ण हुने अध्यक्ष स्वारले बताए ।
छैटौं साधारणसभालाई शुभकामना दिन चार वट ठुला दलका मजदुर नेताहरू पोखरा आएका थिए ।मजदुर नेताहरुले स्वोरोजगार व्यावसायि र श्रमजीवी मजदुर हरुको लगानी सुरक्षा र श्रमको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले स्वागत मन्तब्य दिदै ट्याक्सी सेवा प्रालिले भोग्न परेका समस्या र चुनौतीका बारेमा प्रस्ट पारेका थिए । महासचिव युबराज भट्टराईले कार्यक्रम सन्चालन गरेका थिए ।
उद्घाटन सत्र पछिको बन्द सत्रमा अध्यक्षको आ ब ०८०/०८१ को बार्षिक प्रतिबेदन ,०८०/८१ को बार्षिक लेखा परिक्षण प्रतिबेदन , आ ब २०८१/८२ का लागि बिनियोजित बजेट तथा कार्य योजना प्रतिबेदन उपर छलफल गरि सर्बसम्म्मतले पारित गरेको थियो । १५६१ वटा ट्याक्सी शेयर सदस्य रहेको कम्पनिका महासचिबले बताएका छन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: