पुस्पा खड्का क्षेत्रीको तीज गीत” कसलाई भनम खोइ ” बजारमा आयो

सराङकोट न्यूज
23 August, 2024 7:20 am
Advertisements
तीज आम नेपालिहरुको सास्कृतिक पर्व हो ।पर्व सस्कृती लोप भएर छाडा सस्कृती मौलाएर समाज बौलाइरहेको बेलामा पुस्पा खड्का क्षेत्रीले टिपिकल तीज गीत “कसलाइ भनम खोइ “बजारमा ल्याएकी छिन । उनको गीत नेपाली सांगीतिक बजार संगीतमय भाइरल बन्दै गएको छ। उनको पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको बेला बिसुद्द तीज गीत बजारमा आएपछी बादलको घेरामा चादिको रेखाको सकेत् मिलेको भन्दै खुसी ब्यक्त भएको छ ।
गीतकार रोशन क्षत्रीको तीज बिशेष गीत “भनम कस्लाई खोई” सार्वजनिक भएको गीतमा शान्ती श्री परियार र सुनिता सुनारको स्वर रहेको छ भने रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ ।
यस गीतको एरेञ्ज र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतमा गणेश सापकोटाको छायांकन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ ।

युट्युब बाट रिलिज भएको तीज गीत भिडियो

उक्त गीतको भिडियोमा कविता न्यौपाने, विकाश थापा, ममता तामाङ, राज कुमार क्षत्रीको अभिनय रहेको छ । यस गीतलाई रोशन म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । पर्बतको कुश्मा १३ स्थायी निवासी शब्द श्रस्ठा रोशनले यश अघि पनि साङितिक आकासमा कावा खादै आएका छन । श्रोता र दर्शकको मनमनमा बस्ने खालका सामाजिक शन्देश दिने खालका गीत हरु पस्कनु आफ्नो मुल ध्यय रहेको रोशन बताउछन । अबको पुस्तालाइ सस्कृती र पुर्बिय सभ्यताको पहिचान गराउन सकिएन भने तीज जस्ता हिन्दु नारीहरुको नेपाली चाड नै लोप भएर जाने खतरामा रहेको भन्दै शब्द सर्जक रोशनले चिन्ता व्यक्त गर्दै भन्छ्न ” कला सस्कृतिको रक्षामा देश ब्यापी आन्दोलनको आधी बेहरी ल्याएर गलत सन्देश दिने छाडा गीत सङितहरुलाइ बढार्न आवश्यक छ ।”

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: