पोखराका ब्यापारीलाइ चुनाब लाग्यो अधिकास उम्मेदवारले गरे क्याम्प परिवर्तन, अर्जुन पोखरेलको पक्षमा पल्ला भारी

सराङकोट न्यूज
18 August, 2024 9:19 am
Advertisements

पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि उमेद्वारी चयनमा जादु भएको छ ।गत चुनाबमा पराजित अध्यक्षका आकांक्षी अर्जुन पोखरेलले अर्का अध्यक्षका आकांक्षी गोकर्णको टिमका भनिएका लगभग सबै पदाधिकारीलाई क्याम्प परिवर्तन गराइ आफ्नो पक्षमा तानेर उमेद्वारी घोषणा गरेका छन् ।

यही भदाै‌ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यो अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । संघको अध्यक्ष बन्न गोकर्ण कार्की र अर्जुन पोखरेल आकांक्षी छन् तर उम्मेदवारी घोषणामा कार्की पक्षधरले ढिलाइ गरेपछी सस्थापन पक्षमा पहिरो लडेको छ, अधिकास उम्मेदवारले क्याम्प परिवर्तन गरि अर्जुन पक्षको प्यानलमा उम्मेदवारी दिएका हुन ।

३४ ‌औं अधिवेशनमा पवन प्रजापतीको प्यानल नै विजयी भएकाले यस पटक पनि पवन कै प्यानलबाट विजयी भएका गोकर्ण कार्कीको टिमले निरन्तरता पाउने आँकलनका बीच एका एक उथल पुथल भएको छ । गोर्कर्णको टिमका भनिएका प्राय सबै पदाधिकारीले अर्जुन पोखरेलको टिमबाट उमेद्वारी घोषणा गरेपछि कार्किलाइ सम्स्यामा पारेका छ्न ।

Advertisements

शनिबार अपरान्ह अर्जुन पोखरेलले आफ्नाे पदाधिकारीसहितको टिमको घोषणा गरेका हुने । अर्जुनको टिमबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेद्वारी घोषणा गरेका छन् ।

यसअघि गोकर्णको टिमबाट वरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा दिनेशचन्द्र बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर ती सबैलाई समेटर अर्जुनले टिम घोषणा गरेका छन् ।

आफ्ना टिमका भनिएका अधिकांश अर्जुनको टिमबाट उमेद्वार बन्ने घोषणा भएपछि गोकर्ण कार्किले के गर्ने भन्ने बारेमा औपचारिक प्रतिक्रिया दिएका छैनन् कार्की सङ्ग प्रतिक्रिया लिन प्रयास गर्दा उनको फोन उठेन । सस्थापन पक्षका उम्मेदवारी घोषणामा ढिलाइ र केही आन्तरिक खिचातानीका कारण उम्मेदवारले क्याम्प परिवर्तन गरेको पोखरा उध्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बताए । उनले भने ” गोकर्ण कार्कि पक्षलाइ जिताउन आफ्नो हरदम प्रयास रहने छ।”

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: