दुई पटक म्याद थप्दा पनि सकिएन महेन्द्रगुफा भित्रको योजना निर्माण , दैनिक ३८ हजार जरिवाना लाग्ने

सराङकोट न्यूज
7 August, 2024 9:38 am
Advertisements

महेन्द्रगुफालाइ पर्यटकिय आकर्षण थप गर्न तत्कालिन भौतिक पुर्बाधार तथा यातायात मन्त्री कुमार खड्काको पहलमा आएको पर्यटकीय पुर्बाधार बिकाश योजना दुई पटक थपिएको म्याद सकिदा पनि योजनाको भौतिक प्रगती ८५ प्रतिशत मात्र भएको छ । २०८० भाद्र १८ गते योजना सम्पन्न गरि सरकारलाइ हस्तान्तरण गरिसक्नुपर्ने गरि सम्झौतामा हस्ताक्षर भएको थियो । काम नसकिएपछी २०८० माघ १८ गते सम्मको लागि म्याद थप भएको थियो । उक्त अबधिमा पनि म्याद भित्र माम सकिएन । विभिन्न कारण देखाइ दोस्तो पटक २०८१ असार १६ गते सम्मको लागि सरकारले म्याद थप गर्यो अझै योजना सम्पन्न भएको छैन ।


१० करोडको योजना परेकोमा टेन्डरबाट ८ करोड ५८ लाख ९३ हजार ८ सय १८ रुपैयामा लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टर प्रा लि काठमाडौले ठेक्का पाएको थियो । असार १६ गते थप भएको अन्तिम म्याद सकिदा भौतिक प्रगती ८५ प्रतिशत र बित्तीय प्रगती ८४ प्रतिशत भएकोछ । काम सकिन १५ प्रतिशत बाकी छ तर म्याद थप भने भएको छैन । म्याद थप नहुदा कन्ट्र्याक्टर कम्पनिबाट दैनिक ०.०५ प्रतिशत हर्जना असुल गर्ने कानुनी प्राबधान रहेको छ । ठेक्का रकमको आधारमा दैनिक ३८ हजार रुपैयाँ जरिवाना बुझाउनुपर्ने हुन्छ ।
निर्माण कम्पनिका योजना ब्यबस्थापक इ राकेश श्रेस्ठ योजनाको इस्टमेटमा अनावश्यक कार्यहरु राखिएकोको कारण भिओ गर्न परेको र बर्षातको कारण काम सम्पन्न गर्न बाधा पुगेको बताउँछन् । भाद्रको पहिलो हप्ता भित्र योजना सम्पन्न गरि सरकारलाइ हस्तान्तरण गरिने श्रेष्ठले बताए । ठेक्का दिने नियामक निकाय शहरी बिकाश तथा भवन निर्माण कार्यालयका प्रमुख इ रबिन्द्र तिवारीले म्याद थप गर्न तथ्य र आधार सहित डकुमेन्ट पेश हुन आएमा म्याद थप हुने र जरिवानाबाट जोगिने अन्यथा सार्बजनिक खरिद ऐन २०६३ बमोजिम नियमानुसार हुने बताए । तत्कालको सम्झौता कार्यान्वयन गर्नु हाम्रो मुख्य कर्तब्य रहेको रहने इ तिवारीले बताउदै भने “स्वीकृत योजना अब केही दिनमा सकिने अबस्थामा पुगेको छ “
महेन्द्रगुफाको चालू योजना लुना बिल्डर एन्ड कन्स्ट्रक्सन प्रालिका सन्चालक माधबराज आचार्य हुन उनी रसुवाका सासद तथा क बर्गका निर्माण ब्यबसायी मोहन आचार्यका दाजु नाता पर्छन। निर्माण आयोजनाहरुमा ढिला सुस्तिको रोगले देशैभरी सताएको अबस्थामा महेन्द्रगुफा पनि बिटुलो रहन सकेन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: