पोखराको न्युरोडबाट ठूलो परिमाणको ला औ बरामद , खुद्रा व्यापारी पक्राउ,मुख्य सप्लायर्स गुमनाम !

सराङकोट न्यूज
1 August, 2024 9:35 pm
Advertisements

पोखराको होटल दीप दर्शन न्युरोडबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधको बरामद गरेको छ । होटलबाट लुकाइछिपाई राखेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । बजार मुल्य ५० लाख बराबरको भएको एसपी थापाले बताए । होटल भवनमै दर्ता नगरिएको मेडिकल सञ्चालनमा थियो । प्रहरीले होटल सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा ८ घर भई पोखरा ९ न्यूरोड बस्ने ३७ वर्षीयकी इन्दुदेवी श्रेष्ठ र सोही होटेलका म्यानेजर स्याङजा आँधिखोला गाउँपालिका ३ घर भई पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई नियन्त्रणमा लिएको छ । होटलमा सञ्चाल भएको मेडिकल यसअघि बिरौटामा सञ्चालन गरिएको थियो । केही दिनअघि मात्र पोखरा महानगरपालिका न्यूरोड स्थित होटल दीप दर्शनमा सरेको थियो । यद्यपी मेडिकलको बोर्ड, दर्ता केही थिएन । होटलबाट लागूऔषध बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध ब्यूरोको सहकार्यमा हाइड्रोक्लोराइड क्याप्सूल १३ हजार ६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट ५० एमजीको १६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट—५० एमजी टेन्डा—५० एमजीको २६ सय वटा, टेपेन्डोल ट्याब्लेट—७५ एमजी टेन्डा—७५ एमजीको ४ हजार ट्याब्लेट, टेपोन्डोल हाइड्रोक्लोराइड एक्सटेन्ड रिलिज ट्याब्लेट सय एमजीको ११ हजार ६ सय टयाब्लेट बरामद गरेको छ ।
यस्तै ट्यापेन्डोल—७५ एमजीको ४ हजार ट्याब्लेट र ट्यापेन्डोल सय एमजीको २१ हजार ४ सय वटा ट्याब्लेट बरामद गरेको हो । सबै प्रकारका लागुऔषध गरेर प्रहरीले ४३ हजार २ सय वटा ट्याब्लेट बरामद गरेको हो । यो कास्कीमा एकैपटक बरामद भएको सबैभन्दा ठूलो मात्रको लागुऔषध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।
पोखरालाइ लागू औषधको हब बनाउने योजनामा रहेका केही नाफाखोरी ब्यापारी र सप्लायर्स गिरोहको मिलेमतोमा ठूलो परिमाम एकै स्थानबाट बरामद हुनु चिन्ताको बिषय बनेक छ । बिक्रि स्थलबाट बरामद भएपनी आयातकर्ता फेला परेको छैन । आयातकर्ता फेला नपरेसम्म यो बिषयले सार्थकता पाउने देखिदैन । रङ्गेहात पक्राउ परेकी लागू औषधको होलसेल ब्यापारी इन्दु श्रेस्ठ दीप दर्शन होटेलकी सन्चालिका हुन । उनले कहाँ बाट आयात गरेकिहुन पहिल्याएर कानुनी दायरामा ल्याइनु आवश्यक छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: