२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

अमरसिंह माबिका आशिक शिक्षक्लाइ तेहरो भत्ता नपढाएको बिषयमा शुल्क असुली गरेको खुलासा

यदुनाथ बन्जारा
पृथ्वीनारायण क्याम्पस पोखराका स्थायी उप प्राध्यापक ठाकुर प्रसाद आचार्य अमरसिंह माबी पोखरामा आशिक (पार्ट टाइम ) शिक्षकको जागिर खान्छन । पार्ट टाइम भएपनी मासिक ७२ हजार ४ सय १ रुपैयाँ तलब अमरसिंह माबी बाट बुझ्छन । उनले मासिक रुपमा महङ्गी भत्ता रु २ हजार , विशेष प्रोत्साहन भत्ता रु २ हजार र अतिरिक्त पारिश्रमिक भत्ता ७ हजार ४सय ८० रुपैयाँ बुझ्ने गरेका छ्न । यस्तै पृथ्वीनारायण क्याम्पसकै स्थायी उप प्राध्यापक बद्री प्रसाद पङ्गेनी मासिक ६८ हजार ३ सय ४० रुपैयाँ अमरसिंह माबिको आशिक शिक्षकका रुपमा बुझ्ने गरेका छन ।उनले पनि महङ्गी भत्ता २ हजार , विशेष प्रोत्साहन भत्ता २ हजार र अतिरिक्त पारिश्रमिक बापत ७ हजार ४ सय ८० रुपैयाँ बुझ्दै आएका छन ।
यस्तै पि एन क्याम्पसकै उप प्राध्यापक शिव प्रसाद बास्तोलाले अमरसिंह माबिको आशिक शिक्षक बापत मासिक ६७ हजार ३ सय ४० बुझ्दै आएकाछन त्यसमा उनले पनि महङ्गी भत्ता शिर्षकमा मासिक २ हजार ,विशेष प्रोत्साहन भत्ता शिर्षकमा १ हजार र अतिरिक्त पारिश्रमिक शिर्षकमा मासिक ७ हजार ४ सय ८० रुपैया बुझ्दै आएका छन । यस्तै बिन्दबासिनी सस्कृत क्याम्पस बगरका स्थायी शिक्षक रामु प्रसाद सुवेदीले अमरसिंह माबिको आशिक शिक्षक बापत मासिक ५५ हजार २ सय ४२ रुपैयाँ बुझ्ने गरेका छन त्यसमा उनले महङ्गी भत्ता बापत मासिक १९१६ रुपैयाँ , बिशेश प्रोत्साहन भत्ता ५ सय र अतिरिक्त पारिश्रमिक बापत मासिक ६१२० रुपैयाँ पाउने गरेका छ्न।
यी ४ जना आशिक शिक्षक नमुना उदाहरण मात्र हुन । हेल्मेट शिक्षक भएपनी अमरसिंह माबिका प्रधानाध्यापक भन्दा बढी तलब भत्ता बुझ्ने पात्र हुन , अधिकास अस्थायी करारले यस्तै सुबिधा लिदै आएका छन । बिध्यालयमा बिहान देखि साझ सम्म खटिने स्थायी प्र अले ८ ग्रेड जोड्दा मासिक जम्मा ६६ हजार ५ सय २० रुपैयाँ पाउँछन् । बिहान देखि साझसम्म खट्ने प्र अ सहायक प्र अ र अन्य स्थायी शिक्षकहरूलाई सुबिधामा उछिन्ने आशिक शिक्षकहरुले पुर्ण कालिन स्थायी भएको क्याम्पस बाट लिने स्थायी सुबिधा त छ यहाँ उल्लेख गर्न परेन ।

तेहरो सुबिधामा कानुनी  प्रश्न

एउटा सरकारी निकायबाट स्थायी भइ सुबिधा लिएको सार्बजनिक ओहोदा ओगटेको ब्यक्तिलाइ दोहोरो सुबिधा लिन कानुनले बर्जित गरेको छ । सरकारी पिएन क्याम्पसका पुर्ण कालिन स्थायी शिक्षकले आशिक शिक्षकको जागिर खाने अमरसिंह माबि (सरकारी स्कुल )बाट महङ्गी भत्ता खानुलाइ दोहोरो भत्ता सुबिधा लिए खाएको मानिन्छ । त्यति मात्र होइन अमरसिंह माबिले आशिक शिक्षकलाई विशेष प्रोत्साहन भत्ता र अतिरिक्त पारिश्रमिक शिर्षकमा सरकारी बिध्यालयको सार्बजनिक कोषको रकमलाइ मनोमानी ढङ्गबाट बाढेको खुल्न आएको छ । पिएन क्याम्पसका स्थायी शिक्षकलाई अमरसिंह माबि प्रशासनले बिगत लामो समय देखि गैरकानुनी मानिने दोहोरो तेहेरो सुबिधा दिएको प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने जानकारहरुले बताएका छन ।
सरकारी शिक्षक कर्मचारीले कुनै एउटा सरकारी निकायबाट मात्र महङ्गी भत्ता , पर्व (दशै )भत्ता खान पाउछ । प्राध्यापक जस्तो शैक्षिक ब्यक्तित्वले कानुन बिपरित महङ्गी भत्ता लगाएतका दोहोरो तेहरो भत्ता खानु खुवाउनुलाइ द्रब्यमोहको नमुना मान्न सकिन्छ । अझ अचम्म लाग्दो कुरा त के छ भने अमरसिंह माबिले आशिक शिक्षकलाइ अतिरिक्त पारिश्रमिक भत्ता दिए खाएको फेला परेको छ । त्यसमा पनि थपेर विशेष प्रोत्साहन भत्ता समेत खाएको बिध्यालयले दिएको लिखित सुचना बिबरणमा उल्लेख छ । आशिक शिक्षक (हेल्मेट शिक्षक ) लाई दोहोरो महङ्गी भत्ता , विशेष प्रोत्साहन भत्ता र सरकारले हटाइसकेको अतिरिक पारिश्रमिक भत्ता समेत दिनुको आधार के भन्ने प्रश्न उठेको छ । अमरसिंह माबिका प्र अ शेर बहादुर थापा आफू आउनु भन्दा धेरै अगाडिबाट विभिन्न शिर्षकमा भत्ता दिइदै आएकोले आफुले निरन्तरता दिएको प्रस्ट्याए तर त्यसरी दोहोर तेहेरो भत्ता दिने कानुनी आधारको बारेमा केही बोलेनन ।

नपढाएको बिषयमा शुल्क उठाउन मिल्छ ?

  • शिक्षक कर्मचारीलाई सुबिधा दिन अमरसिंह माबी अग्रणी स्थानमा रहेको छ । हेल्मेट शिक्षक र अस्थायी करारका शिक्षक कर्मचारीलाइ महङ्गी भत्ता , प्रोत्साहन भत्ता र अतिरिक्त पारिश्रमिक भत्ता दिने स्कुलको स्रोत के हो त भन्ने सबैको जिज्ञासाको बिषय बन्न सक्छ । २०८ रोपनी जग्गाको धनी अमरसिंह माबीले कौडिको मुल्यमा जग्गा भाडामा लगाएको छ ब्यबस्थित सटर बनाउन सकेको छैन तर बिध्यार्थी सङ्ग विभिन्न शिर्षकमा शुल्क असुल गर्दै आएको छ । कक्षा ११/१२ को शुल्कको अलावा तल्ला कक्षामा समेत पढाइनै नहुने बिषयमा पनि शुल्क लिने गरेको पाइएको छ । अभिभावकले गरेको गुनासो बमोजिम कक्षा ८ मा पुगेर बिध्यार्थी सङ्ग बुझ्दा कम्युटर कक्षा शिर्षकमा मासिक शुल्क उठाएको पाइयो तर ती बिध्यार्थिले एक दिन पनि कम्प्युटर पढ्न नपाएका गुनासो गरेका थिए । कक्षा ८ को सेक्सन सि र डि मा कम्प्युटर पढाई गरिएको छैन तर शुल्क भने उठाउदै आइएको पुष्टि भएको छ । शिक्षा महाशाखा पोखराका प्रमुख हेम प्रसाद आचार्य सङ्ग बुझ्दा नपढाइकन लिएको शुल्क फिर्ता गराउने बताएका थिए ।
    यसरी अनाधिकृत रुपमा शुल्क उठाएर भए खाने बर्गले पढ्ने सामुदायिक बिध्यालयले आशिक शिक्षक लगाएतका शिक्षक कर्मचारीलाई दोहोरो तेहेरो सुबिधा बाढ्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न । यसरी अनाधिकृत शुल्क उठाउने र उठेको पैसा खट्टे बाडेझै बाड्ने कार्य बैध छ वा अबैध हेर्ने काम राज्यको जिम्मेवार निकायको कित्तामा पुगेको छ । अमरसिंह माबी एउटा नमुना पात्र हुन सक्छ। कति छन सार्बजनिक कोषमा होलि खेल्ने ? कति छन गैरकानुनी सेवा सुबिधा हजम गर्ने ? एक एक केलाइनु पर्छ सुशासन र पारदर्शिताको लागि । हामी निरन्तर खबरदारीका साथ पछ्याउँदै जानेछौ । (सचेत बिध्यार्थी अभिभावक र इमान्दार राष्ट्र सेवक शिक्षक तथा कर्मचारीबाट गोप्य सुचनाको अपेक्षा राखेका छौ )

प्रतिक्रिया दिनुहोस्