साता गतिविधि (साउन १ गते देखि ७ गते सम्म के के भयो ?)

सराङकोट न्यूज
23 July, 2024 10:09 pm
Advertisements

साउन १ गते -काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ ।
१ गते -अर्थ मन्त्रालयले आफ्नो पूर्व स्वीकृति विना सरकारी कार्यालयहरूमा कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्न निर्देशन दिएको छ
२ गते- उच्च अदालत पाटनबाट आदेश आएसँगै काठमाडौँ महानगरपालिकाले नयाँ सडक (न्युरोड)मा फुटपाथ विस्तारको काम सुरु गरेको छ ।
२ गते -आन्दोलनरत कर्मचारीहरूको माग १५ दिनभित्र सम्बोधन गर्न मन्त्री बलराम अधिकारीको निर्देशन ।
२ गते -बिराटनगरमा प्रहरी भ्यान दुर्घटना : घाइते ३० जना प्रहरी मध्ये पांच जनाको अवस्था गम्भीर
२ गते -त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो ।
२ गते -चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो २ : १० बजे भरतपुर महानगरपालिका-७ मनकामना चोक पुगेको वाग्मती प्रदेश-०१- ०३० च ७१९० नम्बरको कारमा आगजनी भएको हो ।

२ गते -चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको छ ।
२ गते -स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।
३ गते -एमाले उपमहासचिव विष्णु रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । आज बसेको क्याबिनेट बैठकले डा. युवराज खतिवडालाई विकास सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
३ गते -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बराललाइ नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
३ गते -संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ।
४ गते -काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।
४ गते -पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
४ गते -कास्की —पाेखरा महानगरपालिका-२३ घाँटी छिनास्थित हर्पनखाेलामा शुक्रबार पाैडी खेल्ने क्रममा डुबेर दुई जनाकाे मृत्यु भएकाे छ ।
४ गते -सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन्, तर दलनिकटका शिक्षक संगठन खारेज गर्न शीर्ष राजनीतिक नेतृत्व सहमत हुनुपर्ने बताएका छन् ।
५ गते -प्रहरीका ९ जना डीएसपीको काज सरुवा बैदाममा सन्तोश निरौलाको आगमन ।
६ गते -गते -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
७ गते परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: