लेकसाइडबाट दिन दहाडै बुलेट बाइक चोरी

सराङकोट न्यूज
22 July, 2024 10:56 pm
Advertisements

चोरीका घटना एकान्त ठाउँमा हुन्छ भन्ने आम धारणालाई चुनौती दिदै बिडभाड चहलपहलका बीच मुल सडकबाटै बाइक चोरी भएको छ । हो सोमबारको बोलबम मेला हेर्न आएका फुलबारीका बिराट सिग्देलको ग २० प २१९१ नम्बरको हरियो न रङको बुलेट बाइक रहस्यमय ढङ्गले चोरी भएको छ । दिउँसो ४ बजेको समयमा केदारेस्वर मन्दिर छेउको मुल सडक पार्किङमा रोकिराखेको बाइक चोरी भएको बाइक धनी बिराट सिग्देलले बताए । बाइकमा फुल हेल्मेट समेत राखिएको उनले बताए ।
मन्दिर दर्शन गरेर एक घन्टापछी फर्केर आउदा बाइक नपाएपछि बैदाम प्रहरिलाइ खबर गरि सिसि टिभी फुटेज चेक गर्दा एक जना मोटे मोटे देखिने निलो पाइन्ट लगाएको केटोले बाइक चलाएर पृथ्वी चोक तर्फ गएको देखिएको बाइक धनी बिराट सिग्देलले बताए । उक्त बाइक फ्रोफेसनल चोरिको गिरोहले पृथ्वी राजमार्ग हुँदै लगेको शका गरिएको छ । प्रदेश प्रहरी कार्यालय पोखराले सेट मार्फत प्रहरिलाइ चोर पत्ता लगाउन निर्देधन दिएको छ ।
बैदाम प्रहरिको नाकै मुनि लेकसाइडको मुल सडकबाट दिउसै बाइक चोरी हुनु कास्की प्रहरीलाई ठूलो चुनौतीको बिषय बनेको छ। पोखरामा बड्दै गएको सवारी चोरी घटनाको गिरोह पत्ता नलगाएसम्म चोरिका घटनाले थप पीडा दिने देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: