गण्डकी बोर्डिङ ( राष्ट्रिय बिध्यालय) स्कुल लामाचौरमा नवनियुक्त प्राचार्य डा विश्व युधिर पौडेलले पद बहाली गरेका छ्न । साउन ४ गते शुक्रबार बोर्डिङका सह -प्राचार्य कृष्ण बहादुर थापाले माला खादा लगाइ पद बहाली गराएका थिए ।
बोर्डिङका बिभागिय प्रमुखहरुको उपस्थितिमा पद बहाली गर्दै गण्डकी बोर्डिङको साख बढाउदै शैक्षिक गुणस्तर वृद्धिमा लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । आफू कुनै ब्यक्ती प्रती बायोस नभई सबै शिक्षक कर्मचारिको साथ सहयोग लिएर कार्य गर्ने प्राचार्य पौडेलले बताए । प्राचार्य पदमा खुल्ला प्रतिस्पर्धाबाट छानिएका डा
पौडेल स्वच्छ छबिका बौद्धिक ब्याक्तित्वका रुपमा परिचित छन ।
सार्बजनिक शैक्षिक गुठी अन्तरगत संचालित गन्डकी बोर्डिङ स्कुल नेपालको नाम चलेको शैक्षिक प्रतिस्ठान हो । केहि बर्ष अघि सम्म देशमै अब्बल नतिजा दिने अग्र पङ्क्तिमा रहेको गन्डकी बोर्डिङ स्कुल बिगत केहि बर्ष यता नेतृत्वको अकर्मण्यताका कारण शैक्षिक गुणस्तर खस्कन पुगेको थियो ।गैर्हकानुनी कार्य गरेका कारण सेवा निबृत प्राचार्य बिरेन्द्र खड्का बन मुद्दा लगाएत विभिन्न मुद्दामा फसेका छन । एक कार्यकाल दोहोरिन जोडबल गरेका खड्कालाइ बन मुद्दा लागेपछी नैतिक सङ्कट परेको थियो । ब्यबस्थापन समितिले अन्तत नयाँ बिज्ञापन गरि खुल्ला प्रतिस्पर्धाबाट प्राचार्य नियुक्त गर्ने निर्णय लिएको थियो ।