यातायातमा कार्यरत करारका कर्मचारी हटाइए , नयाँ नियुक्तिमा मोलमोलाइको चर्चा सुरु

सराङकोट न्यूज
21 July, 2024 6:39 pm
Advertisements

आर्थिक बर्ष परिबर्तन भए लगत्तै यातायात कार्यालयमा कार्यरत करारका कर्मचारीहरुको जागिर गएको छ । सरकारको नयाँ गठबन्धन हुनु र आर्थिक बर्ष परिवर्तन हुनुलाइ सयोग जस्तो मानिएपनी नयाँ सरकारले आफ्नो कार्यकर्ता र आफन्तलाइ भर्ती गर्ने यो उपयुक्त मौकाको रुपमा हेरिएको छ ।
गन्डकी प्रदेशमा रहेका बागलुङ , तनहुँ डुम्रे , नवलपुर र पोखरामा कार्यरत करिब २ दर्जन करारका अनुभवी कर्मचारी हटाइएका हुन । खासगरी कम्प्युटर अप्रेटरमा कार्यरत कर्मचारी हटाइएका कारण सेवा प्रबाहमा समस्या सुरु भएको बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पोखरा र भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले मौखिक निर्देशन दिएर कर्मचारी हटाइएको यातायात ब्यबस्था कार्यालय सवारी कास्किका निमित्त प्रमुख अशोक गौतमले बताए ।सवारिमा मात्र ७ जना कार्यरत थिए । सवारी चालक अनुमतिपत्र पोखरामा कार्यरत ७ जनालाइ आर्थिक बर्ष सुरु सङ्गै हटाइएको थियो ।
यातायातमा दरबन्दी थप नभएको अबस्थाम करारको भरमा कार्य सम्पन्न गरिदै आएको छ । भएका कर्मचारिको म्याद सकिने भएपछी बेलैमा सुचना निकालेर करारका कर्मचारी ब्यबस्थापन गर्ने तदारुकता नदेखाईदा सेवा प्रबाहमा समस्या सुरु भैसकेको छ । यातायातमा कार्यरत अनुभवी कर्मचारिको पर्फर्मेन्स मुल्यांकन गरेर करार थप गर्नुलाइ उचित मानिन्छ तर सरकारका मन्त्री र उच्च अधिकारी कर्मचारीहरुको कार्यकर्ता र आफन्तको भर्ती गर्न ठाउँ खाली गरिएको बताइन्छ । ठाउँ खाली भए सङ्गै जागिर खोज्ने र लगाइदिनेको बिचमा मोलमोलाइ सुरु भैसकेको चर्चा च्लेको बताइन्छ ।
सरकारी कार्यालयमा अस्थाइ करारकै रुपमा काममा लगाइदा पनि सुचना निकालेर आम नागरिकलाइ मौका दिइनुपर्छ नकि खल्तिका मान्छेलाइ दिइने होइन । मुलुकमा लोकतान्त्रीक ब्यबस्था आएपछी राम्रा मान्छेले मौका नपाएर हाम्रा मान्छेले हालिमुहाली गरेका छन यसले सुशासनलाई चुनौती दिएको छ । करार सेवा वा सेवा करारमा कर्मचारी भर्ती लिइदा सम्क्षिप्त कार्यबिधि बनाएर कर्मचारी लिने हो भने नागरिकले काखा पाखाको अनुभुती गर्ने थिएनन । नागरिकले तिरेको कर बाट चल्ने ब्यबस्थामा दलको दबदबा र उच्च प्रशासकको हालिमुहाली गरि कमाउ धन्दा बनाइयो भने त्यसले भ्रष्टाचारलाई मलजल गर्ने निस्चित छ। कसरि हुन्छ नयाँ नियुक्ती? खल्तिको लिस्टबाट हुन्छकी सुचनाबाट त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: