जेष्ठ ५ गते बाट रिक्त रहेको गण्डकी बोर्डिङ आवासीय राष्ट्रिय बिध्यालयको कमाण्ड पोखराका डाक्टर बिस्वयुधिर पौडेल ले सम्हाल्ने भएका छन ।गण्डकी बोर्डिङ स्कूलले प्राचार्य छनोट कार्यबिधी २०८० बनाएर सोही मुताविक खुल्ला बिज्ञापन गरेर लामो प्रक्रियापछि पौडेललाई बिज्ञ सहितको छनोट उपसमितिले प्राचार्यमा नियुक्त सिफारिस गरे पश्चात् विद्यालय व्यवस्थापन समितको बैठकले नियुक्ति अनुमोदन गरेको बिब्यस सदस्य विमला भण्डारीले जानकारी दिइन्
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गण्डकी आवासीय माध्यमिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (गण्डकी बोर्डिङ स्कुल) मा शिक्षा मन्त्रालयका सहसचिवको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन हुने कानुनी प्राबधान रहेको छ ।
त्यसमा कास्कीका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, महानगर शिक्षा महाशाखा प्रमुख, सदस्य रहन्छन् । विद्यार्थीका अभिभावकको अभिभावक सदस्य रहने व्यवस्था छ । विद्यालयका प्रिन्सिपल छनोट गर्न १४ जना प्रतिस्पर्धीहरु मध्ये ८ जनाको नाम छोटो सुचिमा प्रकाशित भएको थियो । सर्टलिष्टमा पौडेलसहित राजकुमार ढकाल, सावित्रीकुमार शर्मा, विष्णु लम्साल, नविन पौडेल, दयाराम गुमान्जु, गोकुल घिमिरे शर्मा र स्थीरबाबु सुवेदीको नाम समोवश गरिएको छ । उनीहरूको अन्तरवार्ता बुधबार थियो । अन्तर्वाता लिएपछि बिस्वयुधिर पौडेल घर्तीलाई बिहीबार नियुक्त गरिएको बताइएको छ ।
सर्ट लिस्टमा परेकाबाट १ नम्बरमा डा बिस्वयुधिर पौडेल घर्ती २ नम्बरमा स्थिरबाबु सुवेदी र तीन नम्बरमा नवीन पौडेल छनौटमा परेको स्रोतले बताएको थियो । ती मध्य बिस्वयुधिरले गन्डकी बोर्डिङ्को कमान्ड सम्हाल्ने अबसर पाएका छन ।प्राचार्यको अबधी ५ बर्ष रहने कानुनी प्राबधान रहेको छ ।
देशकै ख्यातिप्राप्त बिध्यालयको सुचिमा रहेको गन्डकी बोर्डिङ बिरेन्द्र खड्काको कार्यकलमा विभिन्न बिबादमा मुछिन पुग्यो । खड्काले आफ्नो कार्यकालको उत्तरार्धमा बिदा हुदा सफलताको प्रमाणपत्र बोक्नुपर्नेमा मुद्दाको तारिक पर्चा बोकेर बिदा हुन पुगेका थिए ।उनी उपर बन मुद्दाको आरोपमा २५ हजार धरौटी राखेर मुद्दा पुर्पक्ष गरिरहेका छन भने परिक्षाको मर्यादा बिपरित कार्य गरेको आरोप पनि छ । बिगतमा जे होस अब नयाँ र बौद्धिक ब्यक्तित्व गिबिएसले पाएको छ । नयाँ नेतृत्वमा आएका बिस्वयुधिरले गण्डकी बोर्डिङको खस्केको साख उकासेर शैक्षिक गुणस्तर बिकाशमा टेवा प्रदान गर्ने प्रतीक्षा गरिएको छ ।