क्लब 16 का २ जना बाउन्सर बिरुद्द अभद्र व्यबहार मुद्दा

सराङकोट न्यूज
10 July, 2024 11:55 am
Advertisements

पोखराको लेकसाइडमा रहेको क्लब सिक्स्टीनमा कार्यरत २ जना बाउन्सर अभद्र व्यवहार मुद्दाम बैदाम्को हिरासतमा परेका छन । असार १५ गते बिहान क्लब अगाडी पोखरा ११ फुलबारी बस्ने २१ बर्षिय मानिसलाई सामान्य बिबाद हुँदा लात्ती मुड्की र हेल्मेटले प्रहार गरि घाइते बनाएको आरोपमा पिडितको आमाको जाहेरिले अभद्र व्यबहार मुद्दा चलाइएको छ । मुस्ताङ स्थायी बतन भै पोखरा ७ बस्ने बर्ष २४ का रिजन गौचन र पोखरा १० बुद्दचोक बस्ने बर्ष २९ का बिबेक गुरुङलाई कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइ थप अनुसन्धान भैरहेको कास्की प्रहरीले बताएको छ ।
लेकसाइडमा रहेका क्लब डिस्को र बारहरुमा बेला बेलामा हुने गुन्डागर्दीजन्य कार्यले पर्यटन क्षेत्रमा सन्त्रास फैलने गरेको छ । पर्यटकीय राजधानी सहर पोखराको लेकसाइडमा यस अघिपनी महेन्द्र बहादुर गुरुङ उर्फ महेन्द्र भोटेको क्लबको गेटमा ड्युटीमा खटिएका प्रहरी जवानलाइ टाउको फुट्ने गरि हानेका कारण महेन्द्र भोटेलाइ कास्की प्रहरीले ज्यान मार्ने उध्योग मुद्दा चलाएको थियो । कास्की प्रहरीले उक्त आक्रमण काण्ड पछि सुरक्षा रणनितिलाइ कडा पारेको थियो । लेकसाइडको क्लब सिक्स्टीनमा भएको घटनामा त्यहा कार्यरत बाउन्सरहरुले लात्ती र हएल्मेटले हानेको दृश्य सिसि टिबि फुटेजमा प्रस्ट देखिएको छ । पक्राउ परेकाहरु उपर थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: