सराङकोट न्यूज
27 June, 2024 11:40 am
Advertisements

यदुनाथ बन्जारा
पोखराको मुख्य चोक मानिने अमरसिंह चोकको जग्गा दशकौंदेखि कौडिको मुल्यमा भाडामा लगाइएको पाइएको छ । सामुदायिक बिध्यालयको जग्गा विभिन्न ब्यक्तिहरुले ब्यापारिक प्रयोजनको लागि २०४० साल देखि प्रयोग गर्दै आएको बुझिएको छ । जग्गाधनी अमरसिंह माबिलाइ आफ्नो जग्गा सुरुमा कसलाई दिइयो भन्ने लेखा जोखा नै छैन । सुरुमा कसलाइ के सर्तमा जग्गा भाडामा लगाइएको हो भन्ने हाम्रो जिज्ञासामा प्रधानाध्यापक शेर बहादुर थापा कुनै प्रमाण र तथ्य नरहेको बताउँछन् ।
बिगत ४ दशक देखि अमरसिंह चोकको जग्गामा टहरा हालेर व्यापार गरिदै आएको छ । पर्यटकीय राजधानी घोषित पोखरा महानगरको मुख्य नाकाको रुपमा रहेको अमरसिंह चोकको टहरा बजारले पोखराको सुन्दरता माथी नै प्रश्न उठाएको छ । पोखराको १२ नम्बर वडामा पर्ने अमरसिंह माबिले आफ्नो स्वामित्वमा रहेको जग्गा ततेर्न सकेको छैन , उचित ब्यबस्थापन गर्न सकेको देखिदैन । उक्त बिद्यालयको ब्यबस्थापन समितिमा बस्न दलिय हानाथाप हुँदै आएको हुन्छ र नेतृत्व पनि ठुला दलका नेता कार्यकर्ताहरुले गरि आएको पाइन्छ तर बिडम्बना ७० रोपनी भन्दा बढी जग्गा रहेको बिध्यालयले सदुपयोग
गर्न चासो देखाएको छैन ।
चोकको मुल सडकमा रहेको अमरसिंह माबिको जग्गामा ४९ जना ब्यापारीहरुले टहरा र सटर हालेर ब्यापार गर्दै आएका छन ।ती सटर हरु कुनै पनि कानुनी दायरामा छैनन् ,नक्सा नबनाइ चलेका छन । ४९ जनाको नाममा रहेको ब्यापारिक सटरहरुले मासिक जम्मा २ लाख ३९ हजार १सय ५० रुपैयाँ बुझाउने गरेका छन, त्यो पनि नतिरेर बक्यौताको सुची बढेको छ । । त्यही चोकमा एउटा सटरलाइ कम्तिमा २० हजार पर्छ तर स्कुलको जग्गामा एउटा सटरको जग्गा बापत अशोक अछामिले २ हजार ९० रुपैयाँ मासिक भाडा देखि धेरै जग्गा ओगट्ने नेपाल भुसन थापाले १६ हजार ४सय२० रुपैयाँ तिर्ने गरेका छन । मृत्यु भैसके पनि थापाको नामबाट ५ वटा ब्यापारी लाई भाडामा लगाएको बिध्यालयले हामिलाइ दिएको सुचनामा उल्लेख गरिएको छ । । कम भाडा तिरेर बस्नेमा नवराज ओझाको नाम पनि रहेको छ उनले २ हजार ४ सय १० रुपैयाँ तिर्छन । ओझा रुपा गाउँ पालिकाका अध्यक्ष हुन ।

अमरसिंह माबिको जग्गा भाडामा बस्ने कसले कति तिर्छन ?( सुचि सहित)

 

अमरसिंह मा बि को नाममा रहेको चोकसङ्ग जोडिएको मुलसडकको जग्गा उल्फाको धन फुपुको श्राद्द जस्तै भएको छ । कौडिको मुल्यमा भाडा तिरेर बस्न ब्यापार गर्न पाएपछी त्यहाँ दशकौ देखि बस्दै आएकाहरु जग्गा छोड्न पनि चाहादैनन ।भाडा नबढाएको पनि १० बर्ष नाघिसकेको बिध्यालय प्रशासनले बताएको छ । आफ्नो जग्गामा को बस्छन ? कहिलेबाट बसेका हुन ? भन्ने कुरा जग्गाधनी अमरसिंह मा बिलाइ अत्तोपत्तो छैन । हालका प्र अ भन्छन “म त भर्खर जिम्मेवारीमा आएको पुरानो कुरा केही थाहा छैन ” ६ महिना अघि अबकास लिएका प्र अ तेजस्वी बराल सङ्ग बहाल रहेको अबस्थामा बुझ्दा उनले पनि आफुलाइ एकिन विवरण नभएको बताउने गरेका थिए ।
हामिले समाचार पुस्ट्याइका लागि लिखित सुचना माग गरेका थिऔ । र पनि मागेका पूरा सुचना पाएका छैनौ । बिध्यालयको जग्गा भाडा सम्झौता को को सङ्ग भएको भन्ने सुचना बिध्यालयले दिन सकेको छैन । बेवारिसे जस्तै अबस्थामा जग्गा प्रयोग हुँदै आएको छ । दसकौ अघि स्कुलको जग्गा लिने ब्यक्तिले पटकपटक महँगोमा बिक्रि गर्दै कमाउ धन्दा गर्दै आएको छ । केही समय अघि सम्म स्कुलका सटर २० लाख रुपैयाँ सम्ममा खरिदबिक्री हुँदै आएको बताइन्छ ।
यति महत्त्वपूर्ण र प्राइम लोकेसनको जग्गाको ब्यबस्थापन र समय सापेक्ष उपयोग गर्न अझै कुनै भिजन अघि सारिएको छैन ।मुल सडक सङ्ग जोडिएको जग्गामा ब्यबस्थित कम्प्लेक्स निर्माण गर्ने हो भने मासिक १६ देखि २० लाख सम्म आम्दानी गर्न सक्छ ।त्यसरी हुने आम्दानीलाई बिध्यालयको भौतिक सरचना निर्माण गरि ५ हजार भन्दा बढि बिध्यार्थिलाइ सर्बसुलब र गुणस्तरीय शिक्षा दिन सकिने निस्चित छ तर यो बिषयमा बिध्यालय प्रशासन र ब्यबस्थापन समितिको मौनता रहस्यमय बन्न पुगेक छ ।
बिध्यालय रहेको वडा नम्बर १२ का अध्यक्ष सन्तोश बास्तोला बिध्यालयका अव्यवस्थित टहराहरु हटाएर ब्यबस्थित बिजनेश कम्प्लेक्स बनाएर चोकको सौन्दर्यकरण र बिध्यालयको शैक्षिक सुधारका लागि भौतिक पुर्बाधारको बिकाश गर्न बिध्यालयलाइ सुझाब दिइरहेको र वडाको तर्फबाट शान्त बहादुर थापालाइ ब्यबस्थापन समितिमा पठाएको बताउँछन् । यता बिध्यालय ब्यबस्थापन समिती भने अघि बड्न आनाकानी गरिरहेको छ । बिब्यसका अध्यक्ष कृष्ण प्रसाद कोइराला महानगर सङ्ग डिपिआर गर्न आग्रह गरिएको बताउछन । यो झुलाउने बाटो मात्र रहेको जानकार हरु बताउछन ।बिध्यालयले हाल भएका सटर टहरा भएको स्थानमा सडकको मापदण्ड छोडेर नक्सा बनाउने र सुचना निकालेर निर्माण कार्य अगाडी बढाउन सक्ने कामलाई टार्न विभिन्न बहानाबाजी भैरहेको छ । हाल कौडिको मुल्यमा बसिरहेकाहरुले नहटाउन दबाब दिइरहेको पनि सुचना प्राप्त भएको छ ।आफ्नो सम्पती ब्यबस्थापन गर्न दवाब खेप्न पर्ने अबस्था आएको हो भने कानुनको सहायता लिएर बिध्यालयको हितमा काम गर्न तिर लाग्न जरुरी छ । विभिन्न पाटिका नेताहरुले सस्तोमा जग्गा ओगटेका कारण समस्या परेको हुनसक्ने बताइएको छ ।त्यसो भन्दैमा कुनै पहल नै नगरी बस्ने छुट कसैलाई छैन।
अमरसिंह चोक पोखराको कलङ्की चोक हो ।प्रबेश प्वाइन्ट हो ।सडक स्तरिकरण भैरहेको छ । अन्तर्राष्ट्रिय बिमानास्थल ओहोरदोहोर गर्ने अमरसिंह चोकको सौर्न्दर्यकरण गर्न टहरा हटाएर ब्यबस्थित कम्प्लेक्स बनाउन जरुरी छ त्यसको लागि पोखरा महानगर र र्सिङ्गो गन्डकी प्रदेश सरकारले चासोको बिषय हुनुपर्छ । पर्यटकीय नगरी पोखराका मेयरको ध्यान कहिले जाला ? ब्यबस्थित पोखरा निर्माणका लागि सरोकारवाला हरुले बिरोध होइन साथ दिने अपेक्षा गरिएको छ । सस्तोमा बस्न नपाए धर्नामा जाने , बिरोध गर्ने , डेलिगेसन जान छोडेर दिगो बिकाश र सौन्दर्यको लागि ऐक्यबद्धताको आवश्यकता रहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: