२०८२ बैशाख १४
०६१४४५०००, ९८५६०३३३९१

स्थानिय तह कर्मचारी संघको केन्द्रीय अध्यक्षमा पोखराका नारायण शर्मा निर्बाचित

स्थानिय तह कर्मचारी संघ नेपालको अध्यक्षमा पोखरा महानगरका बरिस्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्। शनिबार काठमाडौमा भएको पाँचौ अधिवेशनबाट उनी केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी अध्यक्षमा विजयी भएपछि आफुले पाएको जिम्मेवारीलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताए।

विभिन्न सामाजिक तथा खेलकुद क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप पोखरा नेपालका अध्यक्ष समेत रहेका शर्मा पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत समेत हुन् । उनको नेतृत्वमा टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरामा हरेक वर्ष टाइगर कप भलिबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल रहेका शर्मा नेपाल भलिबल संघको केन्द्रिय सल्लाहकारमा समेत मनोनयन भएका थिए।

प्रतिक्रिया दिनुहोस्