
सराङकोटको वाइनाकुलरले जे देख्यो
पोखरा
यस पटक सराङकोटको वाइनाकुलर नागरिकको प्राय भिड भाड हुने यातायात व्यवस्था कार्यालय पृथ्वीचोक पोखरा तर्फ सोझिएको छ । पृथ्वीराजमार्गको मूल सडकदेखि यातायात कार्यालय जाने सडडकमा सवारी मेला नै लागेको दृश्य रमाइलो थियो । सामुदायिक अस्पतालदेखि पूर्व लाग्ने सिंगल लेन भएको सडक यातायात कार्यालय सवारी चालक अनुमति पत्र र सवारी कार्यालय जाने सडक हो ।
प्रदेशमै सवैभन्दा धेरै राजस्व उठाउन कार्यालय भएर पनि सेवाग्राहीले सुविधाबाट वञ्चित हुनु परेको छ । कर तिर्न सेवा लिन आएका सेवाग्राहीहरुका लागि कार्यालयसम्म पुग्नु महाभारत युद्ध जिते जस्तै मान्नु पर्ने भएको छ । छेउमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु त्यहाँ देखिन्नन् । २–३ जना ट्राफिक देखिए पनि उनिहरु हात ब्लु बुक र लाइसेन्स बोकेर कोठा कोठा चाहारी रहेको देखिन्छ । सराङकोटको वाइनाकुलरले घुरी घुरी लेन्स घुमायो तर बाटो जाम पारेर बसेका सवारी व्यवस्थापन गर्न उनिहरुको ध्यान दृष्टि पुगेकै थिएन ।
यातायात व्यवस्था कार्यालयमा सवारी जाँच पास गर्न आएका सेवाग्राहीहरुले सहज रुपमा कार्यालय सम्म पुग्न सक्ने वातावरण समेत नरहेको नांगा आँखाले प्रष्टै देखिन्छ । साँघुरो सडकमा मोटरसाइकल, स्कुटर पार्किङ दोहोरो तेहरो पार्किङ गर्न सेवाग्राही वाध्य छन् । कार्यालयको पूर्व तर्फ साविकको ट्रायल स्थल प्रयोग िवहिन अवस्थामा राखिएको देखिन्छ । महा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा बेकामे भएर असरल्ल परिरहँदा त्यसको उपयोग गर्ने तर्फ कसैको ध्यान पुग्न नसक्दा त्यसको प्रत्यक्ष शिकारमा जनता परेको दृश्यले धेरैको आँखा विझाएको छ ।
नागरिकले पाउने सेवा प्रवाहमा ढिला सुस्ती गर्ने प्रवृत्तिका कारण यातायात कार्यालय वरिपरि र त्यस तर्फ जाने सडकमा अस्वभाविक जाम बढेको सवैले महसुस गरेका छन् । सेवाग्राहीहरु १० नबज्दै कार्याल्य पुगेको भएपनि जाँच पासमा खटिने प्राविधिकहरु ११ बजे मात्र सवारी चेक जाँच स्थलमा पुग्ने गरेका कारण थुप्रिएका सवारी ट्राफिक जामको शिकार बन्न पुगेको सहजै देख्न सकिन्छ ।
यातायात कार्यालयमा कार्यरत २ जना प्राविधिकलाई सेवाग्राहीको पिडा र सास्तीले छोएको देखिदैन । जति सुकै अगाडि सेवा लिन गएपनि ११ नबजि सवारी जाँचको मेवा नपाउँदा नगरिकले गर्ने गुनासो भैंसीको अगाडि विन वजाए जस्तै व्यर्थ हुने भन्दै गरेको गुनासो सुनुवाई नभएको तर्फ कहिले होला सार्वजनिक प्रशासनमा परिवर्तन हुने ।
सराङकोटले धेरै पहिलादेखि गुनासो बुझ्दै आएको हो सुझाव दिन खोज्दा प्राविधिक नै नभेटिने अर्को समस्या बनेको छ । जनताको भिड लाग्ने यातायात कार्यालयले भिड नियन्त्रण गर्न सेवा प्रवाहमा चुस्त हुनु पहिलो उपाये हो यस विषयमा ध्यान कहिले जाला ?
प्रतिक्रिया दिनुहोस्