
पोखरा
पोखराको पुरानो मध्यको विद्यालय राष्ट्रिय मा.वि. वगरले हीरक जयन्तीको शुभारम्भ मंसिर २० गते बाट गर्ने भएको छ मंसिर २० गते पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले प्रभात फेरी कार्यक्रमको उद्घाटन नदीपुरको नारायणस्थान मन्दिरबाट गर्ने छन् । राष्ट्रिय मा.वि. को स्थापना स्थल नारायणस्थानबाट सुरु भएको प्रभातफेरि ¥याली पालिखेचोक तेर्सापट्टी, भीमसेनटोल, मोहरियाटेल विन्ध्यवासिनी, वागवजार हुँदै विद्यालय प्रा·णमा प्रवेश गरी शुभारम्भ समारोहमा रुपान्तरण हुने प्रचार प्रसार संयोजक नारायण प्रसाद चापागाईले बताए।
हीरक जयन्ती शुभारम्भ समारोहको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्न कार्यक्रम तय भएको हीरक जयन्ती मुल आयोजक समारोहका समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य इश्वरी प्रसाद सापकोटाले बताए। हीरक जयन्ती शुभारम्भ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको बताइएको छ । एक वर्ष भरी मनाइने हीरक जयन्ती महोत्सवमा विविध कार्यक्रमको आयोजना गरिनुका साथै हीरक जयन्ती स्मारिका प्रकाशन गरिने आयोजकले बताएका छन् ।
पोखरा–१ टुडिखेलमा रहेको राष्ट्रिय मा.वि. मा हाल १४२३ सय विद्यार्थीहरु अध्ययनरत छन् । २९ दरवन्दीका शिक्षक र २८ निजि स्रोतका शिक्षक कर्मचारीहरुबाट चलेको राष्ट्रिय उमा.वि. मा साविक ११–१२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा विषय दिवा सत्रमा पढाई हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्