२०८१ फाल्गुन १०
०६१४४५०००, ९८५६०३३३९१

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पुरा, २१ गते मुख्यमन्त्रीबाट उद्घाटन हुने

पोखरा

पोखराको प्रदर्शनी केन्द्रमा मंसिर २१ देखि पुष १ गते सम्म हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को ३२ औं श्रृंखलाको तयारी पुरा भएको आयोजकले दावी गरेका छन् । सम्वृद्धि स्टिलको मुख्य प्रायोजनमा आयोजना हुने औद्योगिक व्यापार मेलामा ४० भन्दा वढीले प्रायोजन गरेको मेलाका प्रचार प्रसार संयोजक वलराम आचार्यले बताएका छन् ।
पोखरा उद्योग वाणिज्य महासंघलाई नेपाल उद्योग वाणिज्य महासंघले सघाउने भएको छ । समृद्धि स्टिल, लक्ष्मी हुण्डाई र सुजन फुडस्ले मुख्य प्रायोजक रहेका छन् भने सह–प्रायोजकमा याक व्रेवि· प्रा.लि., राष्ट्रिय वाणिज्य बैंक, सहप्रायोजक रहेको मेलामा, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धन रहेका छन् ।
मेलामा २५० वटा व्यापारिक स्टल रहेका छन्। ति मध्य अधिकांस स्टल वुक भइसकेको छ । कृषि तथा हस्तकला सम्बन्धी स्टल निःशुल्क उपलब्ध गराई स्थानीय उत्पादनलाई प्रोत्साहन दिने नीति लिइएको बताउँदै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवत प्रजापतिले भने “मेला व्यापार भन्दा पनि प्रवद्र्धनमा जोड दिने उद्देश्यले आयोजना गरिएको हो ।”
मेलामा विभिन्न प्रतिस्पर्धा, ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्