
पोखरा
पोखरा–९, नागढुंगामा रहेको नीति नियम फार्मेसीका सञ्चालक धुर्व शर्मा पक्राउ परी कानुनको फन्दामा परेका छन्। फार्मेसी सञ्चालक शर्माले राज्यले निजि फार्मेसी पसलमा विक्रि गर्न रोक लगाएको “टापेन्टाडोल” नामक औषधी विक्रि गरेको प्रहरीले सप्रमाण फेला पारी पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा बैदाम प्रहरीले पक्राउ गरेको फार्मेसी सञ्चालक शर्मालाई थप कारवाहीका लागि औषधी व्यवस्था विभाग काठमाडौं लगिएको छ । वैदाम प्रहरी प्रमुखका अनुसार शर्मालाई प्रहरी साथ लगाई काठमाडौं पठाइएको छ ।
औषधी कानुन अनुसार टापेन्टाडोल विशेष प्रकृतिको दवाई हो । लागु औषधका रुपमा ड्रगिसहरुले अनुचित प्रयोग गर्ने गरेकोले सो को नियन्त्रणका लागि औषधी व्यवस्था विभागले टापेन्टाडोल नामक (नार्कोटिक) औषधीलाई सरकारी वा निजि अस्पतालका आफ्नै फार्मेसीहरु भित्र मात्र लगत अभिलेख राखेर भण्डारण गर्ने र चिकित्सकको प्रेस्किप्सन लेखि आएमा मात्र बिरामीलाई खुवाउन विक्रि गर्ने छुट छ ।
यस बारेमा औषधी व्यवस्था विभागको २०८०/०५/२४ गतेको निर्णय अनुसार ट्रापेन्टाडोल औषधी विक्रि वितरण सम्बन्धि निर्देशनात्मक परिपत्र जारी गरेको थियो । उक्त पत्र अनुसार टापेन्टाडोल नार्कोटिक (लागू औषध) हो तर पोखराको नीति नियम फार्मेसीले नियम विपरित डाक्टरको सिफारिस विना ड्रग एडिकहरुलाई महंगोमा विक्रि गर्दै आएको खुलेको छ । उक्त फार्मेसीबाट १० चक्की भएको ४ फाइल अर्थात् ४० चक्की विक्रि गर्दै गरेको अवस्थामा प्रहरी टोलीले रंगेहात पक्राउ गरेको थियो ।
लागू औषधको रुपमा यस अघि ट्रामाडोलको अनियमित कारोबार बढे पछि उक्त दवाई माथि उत्पादन र विक्रि वितरणमा प्रतिबन्ध लगाइएको थियो । त्यसको सट्टामा आएको टापेन्टाडोललाई केहि औषधी पसलेहरुले गैह्रकानुनी रुपमा कमाउ धन्दा गर्न थालेपछि थप संकट मात्र निम्त्याएको छैन कि आम औषधी व्यवसायीहरुमा हिलो छ्याप्ने काम गरेको छ । यस तर्फ प्रहरी सकृय हुनुपर्छ डिडिएमा बुझाउने हैन लागु औषध मुद्धा चलाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्