
पोखरा
पानी उत्पादक कम्पनी र होटल व्यवसायीहरुले मिलेमतो गरी ग्राहक ठग्न सफल भइरहँदा निगरानी समूह दावी गर्ने उपभोक्ता अधिकारकर्मीहरुको मौनता र सरकारी निकायको वेवास्तालाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।
सरकारले वोतल पानीको मूल्य प्रति एक लिटरको २०तोकेका वेला चितवनको ईच्छाकामना गाउँपालिका ५ मु·िलनमा रहेको इच्छाकामना पियोर मिनिरल वाटर प्रा.लि.ले होटल व्यवसायीहरुसँग मिलेर मनोमानी ढंगबाट दोब्बर भन्दा बढि मूल्य तोकेर उपभोक्ता ठगि कार्य लाई प्रश्रय दिइरहेको पाइएको छ ।
त्रिशुली पुल पारी मुग्लिनमा उत्पादित इच्छा पानी सोही पुल वारी आवुखैरेनी–४, पुलजिप मा रहेको फिस्टेल रेष्टुरेन्ट नामको होटलको ¥यापर स्टिकर टाँस गरी पानीको मूल्य ३५ रुपैयाँ प्रिन्ट गराएर विक्री गरिरहेको छ । उत्पादन स्थल देखि १ किलोमिटर भित्र रहेको विक्री स्थल (रेष्टुरेन्ट) सम्म ल्याइदा दोहोरा लेवल टासेर मूल्य बढाइ उपभोक्ताको ढाड सेकिरहँदा पनि राज्यको अनुगमन र नियमनको कति पनि पहल नभएका कारण उत्पादक र विक्रेतालाई मनमौजी कमाउने वातावरण अनुकुल भएको छ ।
यसरी ब्राण्डिङ मनोमानी गरेर मूल्य वढाउन पाइन्छ त भन्ने हाम्रो जिज्ञाशामा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला सरकारको अनुमती नलिइ ब्राण्डिङ गर्न, बढि मूल्य लिन नपाउने प्रष्ट पारे । वाणिज्य विभागले तोकेभन्दा वढि मूल्य तोक्ने कार्य गैह्र कानूनी भएकोले राज्यले तत्काल छानविन गरी कारवाही गर्न पर्ने कोइरालाले वताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सूचना अधिकारी, उपसचिव कासिराम गैरे स्थलगत अनुगमन गरी हदै सम्मको कानूनी कारवाही गर्न तनहुँ प्रशासन प्रतिवद्ध रहेको बताउँछन् । सूचना र गुनासो जानकारी पाएसम्म अनुगमन र कारवाहीमा कुनै सम्झौता नहुने उपसचिव गैरेले दावी गरे । यस्तै केहि महिना अघि तनहुँका हाइवे होटलहरुले बढि मूल्यमा पानी लगायतका खाद्यान्न विक्रि गरेको फेला परेपछि २ वटा होटललाई दुई दुई लाखका दरले दण्ड जरिवाना तिराइएको र अनुगमन र कारवाहीलाई निरन्तरता दिइने उनले वताएका छन् ।
यता व्राण्डिङ को नाममा वढी मूल्य प्रिन्ट गरी विक्री गर्ने फिस्टेल रेष्टुरेन्ट पुलजिप मुग्लिनका संचालक सुरज गुरुङ पानी उहि भएपनि वोतलको गुणस्तर बढि भएकोले उत्पादकसँग मिलेर ३५ रुपैयाँ मूल्य प्रिन्ट गरिएको स्वीकार गरे । उनले भने उद्योग सँग २५ रुपैयाँ प्रति वोतलमा खरिद गरेको विल उपलब्ध गराएका छन् । विलमा अनुसार ४० प्रतिशत नाफा लिएर ग्राहकलाई विक्री गरेको देखिन्छ जवकि २० प्रतिशत भन्दा बढी नाफा खानुलाई कालावजारी ऐन आकर्षित हुन्छ ।
यस्तै तनहुँबाट उत्पादित “पिउरो” पानी ले वाणिज्य विभागले तोकेभन्दा दोब्बर मूल्य अर्थात् प्रति लिटर रु. ४० मूल्य प्रिन्ट गरेर बजारमा कारोवार भइरहेको छ । के को आधार पिउरो ब्राण्डको पानीको मूल्य ४० तोकियो त्यस बारेमा सकृय छानविनको जरुरी औल्याइएको छ । तनहुँमा क्रियाशिल उपभोक्ता अधिकारकर्मी र सरकारी निकायले राजमार्ग छेउछाउमा हुने रेष्टुरेन्टका खाना पानीको छानविन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस्