
नेपालीहरुको महानपर्व बडा दशैंको उपलक्ष्यमा पोखरा १६ मा रहेका त्रिदेवी शक्तिपीठ मन्दिर चण्डिका माता, अम्विका माता र कालिका माताको कलश सहितको शोभा यात्रा गरी तीन दिन आरती गरिने भएको छ । यस सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षत्री समाज नेपाल प्रारम्भिक कमिटि पोखराले त्रिदेवी माताको महिमाका वारेमा जानकारी गराउँदै धार्मिक सहिष्णुता कायम राख्न र भातृत्वभावको विकास गर्ने उद्देश्यले कलश यात्रा र तीन दिन साँझ पख आरती गर्ने तयारी भएको क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पोखरा–१६ का अध्यक्ष सन्दिप थापाले बताए ।
१६ गते आइतबार फूलपातीका दिन विहान ६ः३० बजे कलश यात्रा आरम्भ गरी चण्डिका मन्दिर चण्डिकाटोल, वडहर बोट अम्विका मन्दिर हुँदै कालिका मन्दिरमा कलश यात्रा टुङ्ग्याई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने बताइएको छ । सोही दिन साँझमा आरती गरिनेछ । महाअष्टमीका दिन १६ गते बेलुका ६ बजे देखि ७ बजे सम्म र १७ गते महानवमीको दिन साँझ ६ बजेदेखि ७ बजेसम्म आरती गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पोखरा–१६ बाटुलेचौरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्न वाजा गाजा सहित कलशयात्रा गरिने क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष वेनी बहादुर बस्नेतले त्रिदेवी शक्तिपीठको महिमाका वारेमा १६ नम्वर वासीले मात्र नभएर आम नेपालीलाई बुझाउनुपर्ने बताएका छन् । वडा नं. १६ भित्रका विभिन्न ६० वटा संघ संस्थाहरुको प्रत्यक्ष सहभागिता रहने आयोजकले बताएका छन् । पत्रकार सम्मेलन समाजका सचिव राजेन्द्र थापाले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्