
“ट्राफिक प्रहरीले चोरीको बाइक सरकारी अस्पतालमा कार्यरत डाक्टरलाई उपहार दिए” भन्ने खवर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ। अचम्म किन नलागोस्! ट्राफिक प्रहरीले चोरीको बाइक नियन्त्रणमा लिन्छ, बाइक हराउने पीडितको खोजी गर्छ, स–प्रमाण दावी गर्ने बाइक धनिलाई बुझाउँछ। त्यतीमात्र होइन भन्सार छलि गरी चोरेर नेपाल भित्र्याएको रहेछ भने सिधै लिलाम गर्न भन्सार कार्यालय पठाउँछ ।
फेला परि नियन्त्रणमा लिइएको सवारी ट्राफिक प्रहरीले पनि चढ्न मिल्दैन । ट्राफिकले सुरक्षित राखिदिने, पीडित व्यक्तिको खोजी गर्ने, फेला नपरेमा लिलामी प्रकृयाका लागि अगाडी बढाउने मुख्य दायित्व ट्राफिक प्रहरीको रहन्छ । तर ट्राफिक प्रहरीले नै पदिय दायित्व भुलेर व्यक्तिगत सम्पती चेलीवेटीलाई दाइजो दिए झैँ गरी नियन्त्रणमा लिएको चोरीको मोटरसाइकल आफ्नै चिनजानका व्यक्तिलाई उपहार दिएको रहस्य सराङकोटले फेला पारेको छ ।
बाग्लुङको वुर्तिवाङबाट २०७९ वैशाखमा लु ३ प ९०८१ नम्बरको बाइक ट्राफिक प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएको बाइक जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङ पठाइयो। स्पेलेण्डर नामको उक्त बाइक अहिले बाग्लुङ अस्पतालका डाक्टर नियम शर्माले चलाउँदै आएको स्थानिय प्रत्यक्षदर्शिले हामीलाई बताएका छन् । डाक्टर शर्मालाई उक्त बाइक जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङका प्रमुख राजकुमार के.सी.ले उपलब्ध गराएको बुझिएको छ । बाग्लुङ ट्राफिक कार्यालयका प्रमुख प्र.ना.नि. राजकुमार केसीले डा. नियम शर्मालाई किन उक्त बाइक उपहार दिए भन्ने कुरा छानविन पछि खुल्नेनै छ । ट्राफिक प्रमुख के.सी र डाक्टर शर्मा दुवै पर्वतका स्थानीय हुन् ।
वुर्तिवाङमा फेला परेको चोरीको बाइक ट्राफिकले अन्य व्यक्तिलाई दिनुमा के स्वार्थ छ ? बाइक दिने र चढ्ने दुवै व्यक्ति सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्ति हुन् । सम्मानित मानिने डाक्टरी पेशाका व्यक्तिले ट्राफिकले दिएको उपहार स्वीकारेर चोरीको बाइक चढेर हिड्नु सुहाउने कुरा थिएन तर ट्राफिकका जिम्मेवार अधिकारीले चोरीको सम्पती किन दिए ? यो प्रश्नको जवाफको खोजी गर्नु अड्डाको दायरामा परेको छ ।
चोरी भएको बाइकहरु कसरी व्यवस्थापन गर्ने ? सम्बन्धित सवारी धनीको खोजी गर्ने वा नियमक निकायमा पठाउने काम छोडेर अर्को कार्यलयका कर्मचारीलाई दिनु पदिय दुरुपयोग हो कि होइन ? जवाफको प्रतिक्षा गर्ने छौँ ।
यस विषयमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ. इन्द्र सुवेदी ले त्यो कार्य भएको भए गैरकानुनी हुने र कानुन वमोजिम कारवाही हुने प्रतिकृया दिएका छन् । तर कस्तो कारवाही हुने बारे खुलाउन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस्