
पोखरेली ट्याक्सी सेवा प्रा.लि.को चौथो साधारण सभा सम्पन्न भएको छ। आवद्ध आम व्यवसायीहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले लामो समय सम्म समायोजन नभएको ट्याक्सी भाडा समायोजन भएको र अब ट्याक्सी व्यवसायीहरुले समेत आफ्नो इमान्दारीता देखाउँदै अनिवार्य मिटरमा संचालन हुनु पर्ने बताउनु भएको थियो । व्यवसायीको माग र देशको हितका लागि २० वर्ष पुराना सवारी काट्ने निति लागु नगर्न संघिय सरकारको यातायात मन्त्री र ७ वटै प्रदेशका यातायात मन्त्री सहितको बैठक बसेर पहल भइरहेको मन्त्री खड्काले बताए। रातो प्लेटको सवारी साधन मोटरसाइकल, स्कुटर र कारहरुले राइड शेयरिङको नाममा सार्वजनिक रुपमा प्रयोग गरेर भाडा लिन नपाईने बताउँदै भाडामा प्रयोग गरेको खण्डमा सवारी सिज गर्ने सम्मको कारबाही गरिने मन्त्री खड्काले दावी गरेका थिए। पोखरेली ट्याक्सी सेवा प्रा.लि.ले आÇनो चौथो साधारण सभाको उपलक्ष्यमा असल चालकहरुलाई आर्थिक पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेको थियो भने कोरोना भाईरसबाट निधन भएका व्यवसायी तथा चालकहरुका परिवारलाई समेत आर्थिक सहयोग गरेको थियो यसै क्रममा यातायात क्षेत्रमा पत्रकारिता मार्फत योगदान गरेको भन्दै पत्रकार द्धय यदुनाथ बञ्जारा र शिवराज बास्ताकोटीलाई सम्मान गरिएको थियो।
साधारण सभामा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, व्यवसायी हरि गौतम महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार साई, हरिशरण केसी, सह–कोषाध्यक्ष चेत प्रसाद गौतम, प्रदेश संयोजक केदार पौडेल, सम्पुर्ण कम्पनीको तर्फबाट पृथ्वी राजमार्ग बस संचालक कम्पनीका योगेन्द्र के.सी. नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष विष्णु खत्री, यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराज रिज्याल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण ढुङाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कम्पनीका अध्यक्ष प्रकाश तिवारीको अध्यक्षतामा आयोजित साधारण सभामा संचालक तथा दुर्घटना विभाग प्रमुख शोभाकान्त पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालक÷सचिव युवराज भट्टराईले आ.व. २०७८÷०७९ को कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
आय व्यय विवरण संचालक तथा कोष प्रमुख सुर्य बहादुर थापाले प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन÷विमा प्रमुख पुर्ण बहादुर गुरुङले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्