
पोखरा
मध्यम तथा लामो दुरीको यातायात संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनीको दोस्रो अधिवेशन भाद्र ७ र ८ गते हुने भएको छ । ८९५ जना व्यवसायीले १३१५ वटा यात्रुवस संचालन गर्दै आएको कम्पनीमा १३१५ वटा मतदान हुनेछ । सरकारले २०७४ चैत्र १८ गते गरेको समिति खारेज गर्ने निर्णय गरेपछि समिति कम्पनीमा रुपान्तरण भएको थियो । संस्थाको नाममा परिवर्तन भएपनि काम भने खासै परिवर्तन भएको पाइदैन । विगतमा सामाजिक र गैह्रनाफामूलक संस्थाको रुपमा रहेको समिति कम्पनीमा रुपान्तरण भएपछि व्यापारिक फर्मको रुपमा रहेको छ ।
पृथ्वीराजमार्र्ग बस संचालक कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनैका नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ चयन हुने नेतृत्व लिन अध्यक्ष पदका लागि तिव्र प्रतिस्पर्धा देखिएको छ । ३ पटक साविक समितिको अध्यक्ष भइसकेका ऐन कुमार साई, वहालवला अध्यक्ष योगेन्द्र केसी र पूर्व उपाध्यक्ष धर्मराज अर्याल समेत ३ जनाले अध्यक्षमा लड्ने दावी गरेका छन् ।
अध्यक्ष दावेदार को के भन्छन् ?

योगेन्द्र केसी वहाल वाला अध्यक्ष हुन् । उनिसँग हामिले तपाई फेरी किन अध्यक्ष बन्न प¥यो भन्ने जिज्ञाशा राखेका थियौं । केसी भन्छन् –“यातायात व्यवसायीहरुको मुद्दा पहिचान गर्न, नीतिगत रुपमा समाधानका लागि सरकारसँग पहल गर्न र व्यवसायीको अचल सम्पत्ति व्यवसायीकै लागि फिर्ता गराउन म अध्यक्षको लागि दोस्रो पटक अध्यक्ष बन्न चाहेको छु । उनले वितृष्णामा पुगेका व्यवसायीहरुलाई सफल तुल्याउन मैले जित्नु पर्छ ।”
१३ सय व्यवसायीक सदस्य रहेको कम्पनीलाई सरकारले उद्योग व्यवसयाको उचित वर्गिकरण नगर्दा यातायात व्यवसाय निरर्थक र उपलव्धीहिन बन्न पुगेकोले त्यसलाई अस्तित्वमा ल्याउन पनि आफू नेतृत्वमा दोहोरिन पर्ने योगेन्द्र बताउँछन् । स्वरोजगार मजदुरहरुको पक्षमा वकालत गर्न आफूले जित्नै पर्ने योगेन्द्रको दावी रहेको छ । पृथ्वी राजमार्ग वस कम्पनीबाट संचािलत वसहरु को सेवाको गुणस्तर कमसल रहेको बामरे वहालवाला अध्यक्ष केसीले लगानीको सुरक्षा नभएको र व्यवसायको स्तर निर्धारण हुन नसकेको बताउँछन् । आम व्यवसायीको पक्षमा आफू तनमन बाटै लागि परेकोले त्यसको मूल्यांकन व्यवसायीले गर्ने केसीले दावी गरेका छन् । उनले आफू अध्यक्ष भएमा,
१. दुर्घटना समस्यारहित बनाई व्यवसायीको सुरक्षा गर्ने ।
२. चालक प्रशिक्षण, पहिचानको लागि यूनिफर्म तय गरी अनलाइन टिकटिङ को प्रवन्ध गर्ने ।
३. समितिमा गैह्र व्यवसायीलाई निरुत्साही पार्ने यातायात प्राधिकरण गठन गर्न सरकारसँग पहल गर्ने वताए ।
……………………………………………………………………………………………………………………………………………………………………….

साई साविक पृथ्वीराजमार्ग बस संचालक समितिमा ३ कार्यकाल अध्यक्ष भई काम गरेका अनुभवी यातायात व्यवसायी हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका साई राजमार्ग वस संचालक कम्पनीको दोस्रो अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने निस्कर्षमा पुगेको बताउँछन् । तीन कार्यकालको नेतृत्व गरेर पुरापुर अनुभव संगालेकोले मेरो नेतृत्व एक पटकलाई व्यवसायीहरुले नै चाहना राखेको साई बताउँछन् । मैले साविकको समितिमा रहेर तीन कार्यकाल काम गरे, आफ्नै नेतृत्वमा समितिलाई कम्पनीमा रुपान्तरण गरे र योगेन्द्र जीलाई नेतृत्वमा पठाए । तर व्यवसायीको हक हितमा अपेक्षाकृत काम हुन सकेन । आम यातायात व्यवसायी र मजदुरको पक्षमा काम हुन नसकेका, व्यवसायीहरु वीच टाठा बाठाले मात्र लाभ लिने गरी कम्पनी नेतृत्वले काम ग¥यो, कोभिडको वेलामा होल्डिङ सेन्टरका यात्रु ओसार्ने कार्यमा सर्वसाधारण व्यवसायीलाई कति पनि अवसर नदिई विभेद गरिएको, आर्थिक पारदर्शिता नदेखिएकोले अव एक कार्यकाल का लागि आफू अध्यक्ष भएमा सवै व्यवसायीको हितमा काम गरेर न्याया गर्न आफूले उम्मेद्वारी दिएको बताए । बसको क्यू प्रणालीमा टाठा वाठाको हालिमुहाली रहेको हुँदा सर्वसाधारण् ायातायात व्यवसायी संकटमा परेको साइले दावी गरेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष सम्म पुगेको तपाई किन कम्पनीमै फर्कनु भएको भन्ने हाम्रो जिज्ञाशामा साइ भन्छन् पृथ्वी राजमार्ग बस संचालक समिति मेरो मातृ संस्था हो, म मेरो जननी संस्थालाई वलियो वनाउन चाहान्छु, जननी संस्था बलियो बन्यो मात्र आफ्नो हेसियत र उपलव्धीको रक्षा हुन्छ भन्ने लागेर म मेरो जननी संस्थालाई सस्थ्य, पारदर्शी र वलियोब नाउन नेतृत्वको महसुस गरेको हँु उनले भने ।
तपाई के गर्न सक्नु हुन्छ त उनले भने
१ं. कम्पनीमा भएका आर्थिक चुहावट रोकेर पारदर्शिता अपनाउनेछु ।
२. म निस्वार्थ सेवा गछु, तलव लिन्न, निस्वार्थ रुपमा यातायात व्यवसायीको सेवा गर्छु ।
३. कम्पनीमा नीतिगत सुधारको काम गर्छु , मैले नेतृत्व गरेको छ महिना भित्र कम्पनीको अचल सम्पत्ति सरकारबाट फिर्ता ल्याउछु र व्यवसायीलाई सन्तृष्ट अधिकार सम्पन्न बनाउँछु ।
……………………………………………………………………………………………………………………………………………………………………….

विगत २४ वर्षदेखि यात्रु वस व्यवसायमा प्रवेश गरेर लेखा समिति सदस्य हुँदै समितिको उपाध्यष र कम्पनीमा रुपान्तरण भएपछि संचालकको भूमिका निर्वाह गरिसकेका धर्मराज अर्याल दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । पृथ्वीराजमार्ग वस संचालक कम्पनीलई मेरो नेतृत्व आवश्यक रहेको बारे उनी भन्छन् –
१. म सेवामा परिवर्तन चाहान्छु ।
२. म निरन्तरतामाथिको क्रम भंगता चाहान्छु ।
३. म हरेक प्रश्नहरुको उत्तर चाहान्छु।
४. म व्यावसायीको समृद्धि चाहान्छु ।
५. म व्यावसायीको जीवन स्तरमा सुधार आओस् भन्ने चाहान्छु ।
६. म पद्धति बसाल्न चाहान्छु ।
७. म पदाधिकारी र व्यावसायी बिचको सम्बन्ध बुझाउन चाहान्छु ।
८. म सकृयता र सहभागिता चाहान्छु ।
९. म भष्ट्राचार बिरुद्द्को शून्य सहनशिलता चाहान्छु ।
१०. म व्यावसाय चम्किएका हेर्न चाहन्छु।
११. म व्यावसायको पक्षमा रहने गरी सहकारी सञ्चालन गर्न चाहान्छु।
१२. म यातायात व्यवसायीको स्थान कायम गरी संकटमा परेको व्यवसायीको मुहार फेर्न चाहान्छु।
१३. म श्रमिक मालिक भएको हेर्न चाहान्छु।
१४. म क्यू, व्यवस्थापन, अनुगमन, नियगमन, सेवालाई कायपटल गर्न चाहान्छु ।
प्रतिक्रिया दिनुहोस्