२०८१ चैत्र २७
०६१४४५०००, ९८५६०३३३९१

ए एण्ड वी इन्टरनेश्नल हस्पिटल पुनःसुचारु

पारिजात खराल
पोखरा

लगानीकर्ताहरुको विवादका कारण रोकिएको पोखरा–२, विन्ध्यवासिनीमा रहेको ए एण्ड वी इन्टरनेश्नल हस्पिटल नयाँ व्यवस्थापनका साथ पुन सुचारु भएको छ । पोखरामा फिजियो थेरापी र अकुपेस्नल थेपारीमा ख्याती कमाउन सफल भएको ए एण्ड वी इन्टरनेश्नल हस्पिटल कोभिड महामारीका कारण झण्डै डेढ वर्ष सम्म अस्पताल सेवा बन्द रहेको थियो।
नयाँ व्यवस्थापनले गत बैशाखदेखि संचालनमा ल्याएको ए एण्ड वी इन्टरनेश्नल हस्पिटलले सेवालाई विस्तार एवम् थप गरेको दावी गरेको छ। २४ सै घण्टा इर्मेजेन्सी सेवाका साथमा अन्तराष्ट्र्रिय स्तरको फिजियोथेरापी सेवालाई विशेष महत्व दिनुका साथै जोर्नी तथा घुडा प्रत्यारोपण सेवा मेरुदण्ड सँग सम्बन्धि सफल शल्यक्रिया सेवा, प्यारालाइसिस, पायल्स तथा फिस्टुलाको दुरविनबाट अपरेशन सेवा, हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा, छाती तथा मुटुरोग सम्बन्धि सेवा, स्त्री, प्रसुती तथा बाल रोग सम्बन्धि सेवा, वहिरङ्ग तथा अन्तरङ्ग सेवाका साथै अस्पतालले आफ्नै इर्मेजेन्सी सेवा संचालनमा ल्याएको अस्पतालका व्यवस्थापक शालिकराम गौतमले बताएका छन् ।
हस्पिटलले स्वास्थ्य क्षेत्रमा विशेष सेवा प्रवाह गर्न कुनै कसर वाँकी नराख्ने बताउँदै अस्पतालकी प्रमुख लतालक्ष्मी पराजुलीले भनिन् हामी गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिवद्ध छौं ।
पोखरा बागलुङ हाइवे सँग जोडिएको यस अस्पतालमा पर्वत, बागलुङ, म्याग्दी मुस्ताङसम्म र पोखराका विरामीहरुले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्