
पोखरा : पोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्र्नेे भएको छ । हस्पिटल सुरु भएको एक वर्र्षे पूरा भएको र हस्पिटलले सम्पूर्ण सेवा आरम्भ गरेको सन्दर्भमा स्वास्थ्य शिविर गर्र्ने लागेको हस्पिटलका प्रबन्ध निदशक अर्जुन गुरुङले बताए । स्वास्थ्य शिविर अस्पतालको आफ्नै परिसरमा सञ्चालन गरिने बताइएको छ ।
शिविरमा पेट, छाती तथा मुटु रोग, हाडजोर्नी, नसा तथा बाथ रोग, नाक–कान घाँटी रोग, आँखा सम्बन्धि जाँच सम्बन्धित विशेषज्ञ चिकित्सकबाट गरिनुका साथै स्त्री तथा प्रसुतिरोग जाँच बालरोग, छाला तथा यौन रोगको समेत परिक्षण गरिने बताइएको छ । यस्तै रोग परीक्षणका लागि आवश्यक पर्र्नेे प्रयोगशाला जाँच, एक्सरे, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे (इको, ईसिजि समेत) परिक्षण गरिने भएको छ ।
सम्बन्धित रोगका विशेषज्ञ डाक्टरहरु द्वारा गरिने सबै प्रकारका रोगहरुको स्वास्थ्य परिक्षण पूर्णतया निशुल्क गरिने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन गुरुङले घोषणा गरेका छन् । शिविरमा सेवा लिइ नाम दर्ता कार्ड लिएका सेवाग्राही विरामीहरुलाई २०७८ फागुन २१ गते देखि २०७९ भाद्र २० गते सम्म अस्पतालबाट उपलब्ध गराउने सबै प्रकारका सेवाहरुमा १५ प्रतिशत सम्म शुल्क छुट दिने घोषणा पनि अस्पतालले गरेको व्यवस्थापक शालिकराम गौतमले बताएका छन् ।
गत वर्षबाट सेवा आराम्भ गरेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले अत्याधुनिक स्वास्थ्य उपकरणहरु भित्र्याएको छ । लामो समय विदेशमा बसेर उच्चस्तरीय स्वास्थ्य उपचार प्रणालीबारे जानकारी र अनुभव संगालेका प्रबन्ध निर्देशक अर्जुन गुरुङले उच्च गुणस्तरका अन्तराष्ट्रिय स्तरका उपकरणहरु भित्र्याएर अस्पताल सञ्चालनमा ल्याएका छन् । रोग पहिचान गर्र्ने उच्च गुणस्तरका आधुनिक प्रविधि युक्त मेसिन उपकरणहरुले मात्र यथार्थ रिपोर्ट दिने र रोग निको गराउन सहज हुने भएकोले गुणस्तरीय सेवाको लागि कुनै सम्झौता नगरिएको प्रबन्ध निर्देशक गुरुङले बताए । सर्वसुलभ मूल्यमा स्वच्छ सफा हस्पिटलबाट दिइने उपचार सेवा प्रति सबै क्षेत्रका आम सेवाग्राहीको मन जित्दै गएको गुरुङले बताएकाछन् ।
प्रतिक्रिया दिनुहोस्