२०८१ फाल्गुन १३
०६१४४५०००, ९८५६०३३३९१

तल्लो पुडीमा ग्रेबल निकाल्दै गर्दा महानगरद्वारा डोजर र ट्रिपरको चाबी खोसियो

पोखरा : पोखरा ३३ नम्बर वडाको तल्लो पुडीमा कोत्रे जोड्ने पुल बन्दैछ । उक्त पक्की पुल प्रदेश सरकारको बजेटमा निर्माणाधीन रहेको छ । पुलको दायाँ बायाँ ५ सय मिटर सम्म खोला तथा नदीजन्य सामाग्रीहरु निकाल्न नपाइने कानूनी प्रावधान छ तर कानूनी प्रावधानलाई धोती लगाउँदै केही स्वार्थ समूहहरुले ग्रेबलको उत्खनन्, ओसार पसार र डाम्पिङ गरिरहेका छन् । निगरानी, नियमन र कारबाही गर्ने निकाय स्थानिय सरकार अर्थात पोखरा महानगरपालिका हो तर विडम्बना हेभी मेसिन प्रयोग गर्दै पुलको आसपासमा व्यापक खनिरहँदा पनि महानगरपालिकालाई थाहै भएन।
यस उत्खननमा पोखरा महानगरपालिकाको वडा नं. ३३ कार्यालयको प्रत्यक्ष मिलेमतो रहेको खुल्दै गएको छ । वडा अध्यक्ष शिव प्रसाद आचार्यले असिमित अधिकार प्रयोग गरी तल्लो पुडीको निर्माणाधीन पक्की पुलको पश्चिम तर्फ डाडै भस्काएर ग्रेबल निकाल्न पत्र दिएको स्रोतले बताएको छ । रक्षक नै भक्षक भने झै नियमनकारी निकाय महानगर अन्तर्गतकै सम्बन्धित वडा कार्यालय स्वयमले सेती गण्डकीको हाइड्रोपावरको नाममा पुलको मुख आसपासमा डाँडै काटेर ग्रेबल खन्नु र ओसार्नुले ठूलै आर्थिक चलखेलको रुपमा हेर्न थालिएको छ ।
त्यत्रो डाँडो ढाल्दा न कुनै वातावरणीय प्रभाव मूल्या·न समेत गरिएको छैन भने पुल निर्माण गर्ने कम्पनीको समेत अनुमती लिइएको छैन । त्यस बारेमा स्थानियले व्यापक गुनासो गरेपछि सराङकोट साप्ताहिक टिमले स्थल गत अवलोकन गरी गत हप्ता मंसिर १४ गतेको अंकमा समाचार प्रकाशन भएपछि महानगरपालिका कार्यालयका कार्यवाहक प्रमुख मञ्जु गुरुङको ध्यानाकर्षण भएको र काम रोक्न निर्देशन भएको जानकारी सराङकोटलाई प्राप्त भएको थियो तर पनि अटेर गरेर दिनरात डाँडा काटेर ग्रेबल उत्खनन र ओसार पसार हुँदै आएको थियो । मंसिर १९ गते महानगरका राजस्व शाखा प्रमुख कृष्ण प्रसाद तिवारीको नेतृत्वमा टोली पुग्दा एस्काभेटर लगाई खन्ने र ओसार्ने कार्य भइरहेको पाइएपछि खन्ने डोजर र ओसार्ने ट्रिपरको चाबी नियन्त्रणमा लिइएको खबर प्राप्त भएको छ ।
सामान्य कानूनी रित पुगेको भए महानगरको टोलीले चाबी खोस्नुपर्ने अवस्था आउने नै थिएन । यो मात्र अनियमित कार्य छैन वडा नं. ३३ भित्र यस अघि पनि योजनामै नपरेका बाटो खन्ने बहानामा ग्रेबल, ढु·ा बालुवा तस्करी गर्ने, वन समिति आफैले सालका रुख ढालेर तस्करी गर्ने गर्दै आएका छन् त्यस्तो अवैध वन मुद्दामा परेका आरोपीलाई कडा छानविन गर्न सहयोग पु¥याउनु पर्ने वडा अध्यक्ष आफैले कार्यालय पुगेर आफै जमान्त बसेर छुटाएका थिए ।
पोखरा–२९, मुसेटुँडामा रहेको सेती गण्डकी हाइड्रोपावर निर्माणको नाममा पोखरा–३३, तल्लो पुडी त्यो पनि पुल छेउको ग्रेबल खन्ने प्रकरणका सम्बन्धमा महानगरले चाबी त खोस्यो तर छानबिन र कारबाही कति प्रभावकारी हुन्छ त्यो भने प्रतिक्षाको विषय छ ।

प्रतिक्रिया दिनुहोस्