
पोखरा : पोखरा–३३ तल्लो पुडीमा यतिखेर डाँडै भत्काएर ग्रावेल उत्खनन् र डम्पिङ कार्य तिव्र रुपमा भइरहेको छ । विहान देखि राती सम्म स्काभेटर प्रयोग गरी डाँडा कटान भइरहेको छ । ट्रिपरमा ओसारिएका ग्रावेल डङ्गुर थुपारिएको छ । सार्वजनिक स्थानबाट मनोमानी ढंगले १० औं लाखको ग्रावेल उत्खनन् ओसार पसार भइरहँदा पनि महानगरपालिकालाई कुनै जानकारी समेत छैन ।
एउटा सर्वसाधारण व्यक्तिले घडेरी सम्याउँदा निस्केको माटो ढुंगा अरुलाई दिँदा महानगरले रोयल्टी लिन्छ । गरा सम्माउँदा होस् या बाटो खन्दा डोजर लैजान पापड वेल्नु पर्छ । मुचुल्का देखि प्राविधिक प्रतिवेदन समेत हेरिन्छ राजस्व लिएपछि वल्ल महानगरले अनुमती दिन्छ तर ठूला कारोवारी, व्यापारीहरुको लागि कानुनी अड्चन केहि नहुनेरहेछ भन्ने कुरा पोखरा ३३ तल्लो पुडिमा हप्तौ चलेको डोजर देखि संयौ ट्रिपर ओसार पसार कार्यमा निर्वाध छ ।
सार्वजनिक स्थलको ग्रावेल खन्नेहरुले केहि न केहि वहाना वनाउने गरेका छन् । पुडिको डाँडा भत्काइरहँदा सेती गण्डकी हाइड्रोपावरको लागि भनिएको छ तर हाइड्रोपावरको नाममा के कति र कुन रितको अनुमति छ भन्ने वारेमा खुलाइएको छैन, स्थानिय शंकर अधिकारीले त्यसको समन्वय गरेका छन् । वार्ड नं. ३३ कार्यालयले अनुमति दिएको वताइएको छ तर वडा कार्यालयलाई सार्वजनिक ठाउँको त्यति धेरै खनेर ओसार पसार र डम्पिङ गर्ने छुट नरहेको महानगरकै प्राविधिकहरु वताउँछन् । वार्ड नं. ३३ मा कार्यरत प्रविधिकहरु इ. जगन्नाथ कोइराला र जु.ई. प्रकाश वाग्ले सँग वुझ्न खोज्दा उनिहरुले मोवाइल उठाएनन् । सार्वजनिक स्थलको प्राकृतिक स्रोतमाथि राज्यको अनुमती नलिई लाभग्राहीको स्वार्थका लागि कार्य गर्न असिमित अधिकार दिएर फाइदा उठाउने वडा अध्यक्ष लगायत नियतमाथि छानविन गर्नु जरुरी देखिन्छ । यसमा महानगर प्रशासनको समेत कमजोरी हुन सक्ने मात्र हैन प्राविधिक हरु समेतको घाँटी जोडिएको स्रोतले वताएको छ । स्रोत भन्छ यो अनियमित कार्यबाट राज्यलाई लाखौं घाटा छ अख्तियारले छानविन गरी दोषी पत्ता लगाई यो श्रृखंलावद्ध ठगि रोक्न पहल गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्