

रगतमा चिनीको (glucose)मात्रा आवश्यकताभन्दा बढी देखा पर्नुलाई मधुमेह भनिन्छ । यो सरुवा रोग होइन तर केहि मात्रामा वंशानुगत भने भएको पाइएको छ। यस्का लक्षणहरू भनेको भोक धेरै लाग्नु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, पटकपटक पिसाब लाग्नु र पिसाबको मात्रा धेरै हुनु, मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, घाउ खटिरा आइरहनु र समयमा निको नहुनु, हातगोडा झमझमाउनु, जिउ गलेको महसुस हुनु इत्यादी हो।सामान्यतया यो दुई प्रकारको हुनेगर्दछ। गर्भावस्थामा हुने मधुमेह र अत्यन्त बिरलै देखा पर्ने अरु मधुमेह यस्का अरु प्रकारहरु हुन ।
प्यानक्रीयाज (pancreas) भन्ने अंगबाट शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कम हुँदा रगतमा ग्लुकोजको मात्रा बढनगई बिभिन्न लक्षण देखिने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । इन्सुलिन बिना बिरामीको रगतमा चिनीको मात्रा नियन्त्रित नहुने हुदा यिनीहरुलाई जीवनभर इन्सुलिनको आवशयक्ता हुन्छ। यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा सुरु हुने र दुब्ला मानिसमा बढी देखिने गर्छ ।
दोस्रो किसिमको मधुमेहमा भने शरीरमा उत्पादित इन्सुलिनले प्रभावकारी ढंगले काम नगर्दा रगतमा चिनीको मात्रा बढी भएर बिभिन्न लक्षण देखा पर्दछ। यस्तो मधुमेह सामान्यतया मोटाघाटा वस्यकहरुमा देखापर्ने गर्दछ।
बेलैमा नियन्त्रणमा राख्न नसकेमा मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु आँखा, मुटु, मृगौला, मस्तिष्कका साथै रगत तथा स्नायुका नसाहरुमा नराम्रो असर पु¥याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेहको जाँच र उपचार बेलैमा गर्नु आवश्यक हुन्छ । अल्छी बानीव्यवरा, असन्तुलित आहार तथा अत्याधिक मानशिक तनावले मधुमेह निमत्याउने हुदा सन्तुलित खानपान, नियमित व्यायाममा ध्यान दिदै विज्ञ चिकित्सकको सल्ला अनुसार खाने औषधि र इन्सुलिनको इन्जेक्सनको प्रयोगबाट यस्को प्रभावकारी उपचार गर्न सकिन्छ।
त्यसैगरि औषधि प्रयोग गर्ने, थोरै खाना खाएर धेरै हिड्डुल गर्ने तथा धेरै मानशिक तनाव लिने बिरामीहरूको रगतमा चिनीको मात्रा अत्यधिक कम हुँदा पनि धेरै जटिल्ता तथा ज्यानको समेत खतरा हुने हुदा केहि बिशेष लक्षणहरु जस्तै धेरै जस्तो बेला औषधि वा इन्सुलिनको प्रयोग पश्चात धेरै भोक लाग्नु, शरीरमा कम्पन छुट्नु, रिंगटा लाग्नु, मुर्छा पर्नु, पसिना आउनु, पेट दुख्नु, बान्ता हुनु जस्ता लक्षण देखिएमा मधुमेहका बिरामीहरुले नजिकैको स्वास्थ संस्थामा पुगि विज्ञ चिकित्सकको निगरानीमा रहनु पर्दछ।
मधुमेहको किसिम, बिरामीको रोगको अवस्था तथा दैनिकी आदिलाई ध्यानमा राखी विज्ञ चिकित्सकको परामर्श साथै सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको औषधिको प्रयोगबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । मघुमेहका बिरामीहरूले आफ्नो तौल तथा रक्तचाप पनि नियन्त्रणमा राख्नु अतिनै आवश्यक छ। यसो गर्नाले यो रोगको जटिल्ताबाट बच्नमा मद्दत हुने देखिएको छ। अन्ततः परीक्षणको दायरामा नआउने र जटिल अवस्थामा पुगेपछि मात्र बिरामी उपचारका लागि आउने हुदा नियमित स्वास्थ परिक्षण गर्ने बानी गर्नु पर्दछ यसो गर्नाले समयमै यो रोग पत्ता लागि उपचार पश्चात यो रोगको जतिलताबाट बच्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्