
छाडा नकरात्मक शब्द हो । अश्लिल काम कुरा गर्दै हिड्ने, गतिछाडा, कुनै बन्धन स्वीकार नगर्ने, आफू खुसी, फुक्का, निर्लज्ज, ऐन नियम पालन नगरी समाजमा मनपरी गर्दै हिड्ने व्यक्तिलाई छाडा भनिन्छ । अहिले समाजमा छाडा व्यक्तिहरु जस्तै ऐन कानूनले निषेध गरेका काम कारबाही गर्ने जस्तै जुवातास खेल्ने, रण्डिबाजी गर्ने, मदिरा सेवन गरेर मातेर हिड्ने समाजलाई दुःख दिने व्यक्तिगत सम्पत्ति ठग्ने सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने जस्ता भ्रष्टाचारी कार्य गरेर अकुत सम्पत्ति कमाएर मात्तिएर हिड्ने छाडा व्यक्तिहरु धेरै छन् । मानिस यो शब्द पशुबाट आएको हो । डामेर छाडेको पशु, कमाई नलगाई गाईवस्तु छाडिने, छेकथुन नभएको ठाउँ वा जग्गा जमिन, छाडा व्यक्ति वस्तु वा प्राणीलाई पनि छाडा भनिन्छ । धान खेती गरेको खेत, मकै, कोदो खेती गरेको बारीको धान, मकै, कोदो, गहुँ, जौ जस्ता अन्नबाली पाकेपछि त्यो बाली काटेर थन्क्याए पछि पशु चरुन् भनेर खेत बारीको छेकबार भत्काएर त्यो जग्गामा पशु छाड्ने कामलाई छाडा गर्नु भनिन्छ । यस्ता जग्गामा चर्नका लागि गाई, गोरु, भैसी, घोडा, खच्चर, गधा, भेडाबाख्रा लगेर छाडा छाडिन्छ । धान बाली काटेर थन्काए पछि खेत छाडा गरिन्छ । छाडा खेतमा गाई, गोरु, भैसी, गधा, खच्चर, घोडा मजासँग घाँस चर्छन् । गाई, गोरु त पुच्छर ठड्याएर दौडेर मोजमजा गर्छन् । मंसिर महिनामा कुँडहर फाँट छाडा हुँदा आसपासका कृषकहरुले आफ्ना गाई, गोरु, भैसी खेतमा लगेर छाड्थे । घाँस प्रशस्त पाइने हुनाले गाई, गोरु, भैसीहरु पनि महिनौ उस्तै रमाउँथे । पोखराका कुँडहर, बुडुवा, फूलबारी, बिरुवा फाँट सबै छाडा हुन्थे । पोखरेलीहरु यिनै फाँटमा धानखेती गरेर चामलको भात खान्थे । अहिले त सेती सिचाई र फेवा सिंचाई योजनाको धानबालीमा लगाउने पानी त्यसै खेर गएको छ । धानखेती गर्ने खेतहरु सबै ल्पटि· गरेर घडेरी बनाएर बेचिसके । सबै खेतहरु सुत्ने र भुत्ने ठाउँ बनाएर सकिइसके ।
धान खेती गर्ने र पशु छाडा छाडेर चराउने खेतहरु सबै घर घडेरीले भरिए । पशु बाधेर पाल्ने चलन पनि हरायो । खेतबारी सबै बस्तिमा परिणत भए । पशुपालन पातलिंदै गएको छ । पाल्नेहरुले पनि सडकमा छाडा छाडेर दैनिक जसो सडक दुर्घटना, घटेका छन् । छाडा पशु पोखरा महानगरपालिकाको लागि समस्या भएका छन् । यो विषयमा पशु पशु होइन । सहरमा बसेर गाईभैसी पालेर दुध खाने सौख राख्नेहरु नै पशु भएका छन् । पहाडमा प्रशस्त धान खेत पाखो जग्गा भएका व्यक्तिहरुले गाउँको घर खेतबारी छाडेर सहरमा झर्नाले सहरमा जनघनत्वको चापले खेती गर्ने जग्गा बस्तिमा परिणत हुँदै गएका छन् भने गाउँतिरका घर जग्गाहरु खाली हुन पुगेका छन् । अर्थात् गाउँका जग्गा बाँझा रहेका छन् भने सहरका जग्गा घर बस्तिले भरिएर खेती गर्ने धानखेत, कोदो, मकै, खेती गर्ने बारी समेत घर बस्ति र सडक विस्तारले नस्ट भएका छन् । यस्तो स्थितिमा सहरमा बसेर गाई, भैसी पालेर दूध खान रहर गर्नेहरुले विहान बेलुका गाई, भैसीको दूध दुहेर खाने अरु बेला सडकमा छाडा छाड्ने गरेका छन् । यो विषयमा पशु छाडा होइन पशुपालकहरु छाडा भएका छन् ।
नियम वा बन्धनमा राख्ने काम, व्यवस्थित स्थिति वा अनुशासनपूर्वकको अधिनता, शक्ति प्रयोगबाट हुने वा गरिने अशान्त स्थितिको दमनलाई नियन्त्रण भनिन्छ । अहिले सहरमा अव्यवस्थित बसोबासले छाडापन बढ्दै गएको छ । पशु पाल्नेको नाममा सडकमा छाडा छाड्ने, सडकका दाँया बाँयाका जग्गामा सुकुम्बासी हौ भनी सडक मापदण्ड भित्रका जग्गामा जबरजस्ती घर बनाएर बस्ने, सार्वजनिक जग्गा विना प्रमाण दर्ता गरेर आफ्नो बनाउने ताल तलैया नदी किनारका जग्गामा बस्ती बसाउने र बाढी पहिरोले क्षति ग¥यो भने सरकारले हामीलाई हेरेन भनेर घुर्की लगाउन, आफ्नो घर आँगनको फोहोर सडकमा फालेर वातावरण प्रदूषित गराउने, भएका रुख बिरुवा नस्ट गर्ने र नयाँ रोपे पनि तिनको संरक्षण नगर्ने जस्ता छाडापनले गर्दा सहरमा नाना प्रकारका समस्याहरु सृजना गराउनेको जमात सक्रिय छ । यसलाई नियन्त्रण गर्ने तर्फ सरकारी निकाय जिल्ला प्रशासन, जिल्ला मालपोत र नापी कार्यालय स्थानीय निकाय गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका यस्ता दुस्कृतिहरु हटाउन लागीपरेका छैनन् । हटाउनुको सट्टा प्रोत्साहन दिएर आफूले पनि फाइदा लिएका छन् । सरकारी जमिनहरु त्यसै खेर गएका छन् । उदाहरणका लागि पश्चिमाञ्चल क्षेत्रीय सिचाइ र सडक निर्देशनालयका नाममा घर जग्गाहरु त्यसै खेर गइरहेका छन् । अर्को तर्फ सरकारी कार्यालयहरु व्यक्तिको घर भाडमा लिएर बसेका छन्। सरकारले एउटा कामको लागि भनेर मुआब्जा तिरेर खरिद गरेका जग्गा पनि सुकुम्बासीले कब्जा गरेर बसेका छन् । जस्तै पोखरा बसपार्क र संस्थान क्षेत्रलाई भनेर अधिग्रहण गरेका जग्गाहरुमा सुकुम्बासी र अन्य संस्थाहरुले हडपेर बसेका छन् । यस्ता विषयमा ध्यान दिनुपर्ने संस्थाहरु पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय कास्की, मालपोत र नापी कार्यालय सडक डिभिजन कार्यालयहरु नियन्त्रण गर्ने कुरामा कुनै दिल चस्पी नदिएर कानमा तेल हालेर बसेका छन्। नियन्त्रण गर्ने त कुरै छैन उल्टो छाडा छाड्न प्रश्रय दिइरहेका छन् ।
छाडा शब्दलाई शहरबासीले व्यवहारमा ल्याएका छन् । नियन्त्रण गर्ने निकायहरु कानमा तेल हालेर बसेका छन् । आफ्नो शौचालय र हाता सफा नराख्ने सरकारी अड्डा अदालतहरुले छाडापनको नियन्त्रण गरेर समाजमा सुशासन देलान भन्न दिवा स्वप्न देख्नु हो । यसैमा समाज पनि दोषी छ । यी यस्ता दुस्कर्म नरोकिने हो भने प्रकृतिको सुन्दर वरदान पोखराको भविष्य अन्धकारमय हुन लागेको कुरा संचार माध्यममा आएको छ । तथा सहुलियत पेज १११ क्र.सं.(१) चालु आर्थिक वर्षको कर पौष मसान्त सम्ममा दाखिला गरेमा छुट दिइने, सम्पत्ति कर भूमिकर (मालपोत)मा १०% छुट हेर्ने प्रस्ट व्यवस्था छ । यो लेखकले वडा नं.१० मा यो सालको एकिकृत सम्पत्ति र मालपोत कर तिर्दा छुट नदिएको अवस्थाले महानगरको बजेट नीति तथा कार्यक्रम पुस्तिका हात्तीको चपाउने र देखाउने दाँत जस्तो रहेर भन्ने सिद्ध भएको छ । रामघाटको ठेक्का प्रकरणको फाइल अख्तियारले कारबाहीको क्रसमा नेपालकै सबैभन्दा ठूलो महानगरपालिका स्मार्ट सिटी बनाउने अवधारणा बोकेको महानगरको प्रशासनले कस्तो शासन चलाएको हो ? जनता को काम राम्रो सँग गर्न प¥यो । जताततै विवादै विवाद सृजना गरेर कसरी स्मार्ट सिटीको अवधारणा पूर्ण हुन्छ खोइ ? ठड्याएर दौडेर मोजमजा महानगरमा सबै खराब कर्मचारी छन् भन्न मिल्दैन । असल पनि छन् । असललाई खराबले छापामा पारेको अवस्था छ । निर्वाचित प्रतिनिधिहरु सबैले राम्रो काम गर्दै हो भने कर्मचारीले बद्मासी गर्न सक्दैनन् । महानगरमा कार्यरत सोझा बाहेक अरुको प्रायःका कार मोटरसाइकल जस्ता सवारी साधन महानगरका गेट अगाडि लाइन लगेर राखिएको देख्न पाइन्छ । एकादुई सेवाग्राही बाहेक अधिकांश गाडी कर्मचारीका हुन भन्नेबाट महानगरमा काम विशेषमा आउनेले गाइगुइ गफ गरेको सुनिन्छ । काग कराउँदै रहन्छ पिना सुक्तै जान्छ । राम्रो काम गर्नेलाई यस्ता आक्षेपले हुँदैन । रामघाट तीर्थ पोखरेली मरेमा लगेर जलाउने खरानी बनाउने घाट हो । त्यसैले महानगरले यो क्षत विक्षत भएको घाटको संरक्षण गरोस् यसैमा महानगरमा कर्मचारी प्रशासन नेताहरुको कल्याण छ । बाटो बिराएकालाई सही बाटोमा ल्याउनु सबैको कर्तव्य हो । भवतु सहव मंगलम् ।
प्रतिक्रिया दिनुहोस्