
विश्व मानवजगत नै ज्ञान र विज्ञान भौतिक तथा अध्यात्मिक लडाइमा मात्रै होइन कोभिड–१९ सगको लडाइमा व्यस्त छ कोभिड १९ ले विश्वकै शक्तिशालि राष्ट्रहरु जुन राष्ट्रहरुले हिन्दुस्तान पाकिस्तान हाम्रो नेपाल मात्रै होइन सबैलाइ चुनौति दिदै भनेका थिए देख्यौ तिमिले जुन सुर्यलाई जल चढाउदैछौ हामी त्यहाँ बिज्ञानको बलमा बस्ति बसाल्दै छौ तिमिले जुन चाँदलाइ हेरेर खाना खान्छौ हामी त्यहि चाँदमै खाना खादैछौ भनेर भौतिक विज्ञानको बलमा चुनौति दिदै आएका थिए । आज ती शक्तिशाली राष्ट्र भौतिक बिज्ञानबाट उन्मत्त भएकाहरु समेत यतिबेला कोभिड–१९ का कारणले गर्दा अलमलमा छन् निःशब्द छन् नतमस्तक छन् ।
कारण यतिबेला ति शक्ति राष्ट्रहरु समेत कोभिड–१९ बाट थला परेका छन् । जसले विश्वलाई नै चुनौति दिदै आएका थिए उनलाइ समेत कोभिड–१९ ले नै चुनौति दिन थाल्यो । यहाँ सम्म कि कोभिड १९ का अगाडि बिज्ञानको केही सामर्थ्य छैन भने जस्तो गरि निरिह बनाइ दियो । पुरै शक्ति लगाएर पनि आज सम्म एउटा पनि भ्याक्सिन बन्न नसक्नु यो भन्दा बिडम्वना अरु के हुन सक्छ त्यसैले त यतिबेला बिज्ञान शक्ति ढलफलिन थालेको छ सन्तुलित अवस्थामा आउन सकिरहेको छैन यतिवेला सारा विश्वजगत नै कोभिड–१९ लाई नियन्त्रण गर्न र सुरक्षित हुन सबै उपाय अबलम्वन गरि रहेको छ भने, यस्तो बेला अध्यात्म ज्ञानशक्ति आयुर्वेद बिज्ञान शक्तिले भने कोभिड–१९ लाई ठाडो चुनौति दिन थालेको छ।
नेपालकै एउटा राष्ट्रिय टेलिभिजन मार्फत चर्चित ब्याख्याकार निर्भिक निडर संचारजगतकै प्रभावशालि पत्रकार रवि लामिछानेले स्वंय आफु पनि पोजेटिभ हुँदाहुदै पनि आम नागरिकको आत्मवल बढाउने उदेश्य सहित घरबाटै कार्यक्रम गरेर जुन साहस देखाउनु भयो त्यहि साहस माथि झन् अर्का महान् आयुर्वेद विज्ञान दर्जनौ वर्षको अनुभव प्राप्त ब्यक्तित्व अध्यात्मिक ज्ञान आयुर्वेद विज्ञानको बलमा सिधै कुनै सुरक्षा सामाग्रि नै प्रयोग नगरि उल्टै पोजेटिभ देखिएका लामिछानेलाई मास्क खोल्न लगाएर उनलाइ छोएर कोभिड–१९ लाई मात्रै होइन विश्व भौतिक बिज्ञान शक्ति लाई समेत चुनौति दिन भ्याएका छन् । उनले यतिसम्म भनेका छन् रिपोट दिएर देखाउछु ढुक्क हुनु होस् नेगेटिभ आउछ। यो सामान्य कुरा पनि होइन चानेचुने जवाफ पनि होइन यो त सि·ो आयुर्वेद विज्ञानको कोभिड–१९ लाई चुनौति हो। भौतिक विज्ञान लाइ ललकार हो।
हिजो आयुर्वेदलाई हेर्ने दृष्टिकोण पछिल्लो समयमा बिभिन्न सचार माध्यममा आउने समाचार र विशेष गरेर आइसोलेसन कोरेन्टाइन जो जहाँ बसेपनि यतिवेला आयुर्वेदिक औषधिकै चर्चा बढि हुन थालेको छ यता अझैसम्म पनि भ्याक्सिन बन्न नसक्नु उता हरेक नागरिकको जनजिभ्रोमा आयुर्वेद औषधि गुर्जो वेसार हर्रो बर्रो पिपला अमला लगायत विभित्र औषधिको नाम चर्चामा आउनुले के फेरि आयुर्वेद विज्ञानले चर्चा पाउन थालेकै हो त भन्ने प्रस्न उठ्न थालेको छ ।हिजो यहि समाजमा बैद्यका गलागाड ज्योतिषिका छोरि राड भनेर तानाबाना कसेर ब्यग गरिन्थ्यो। ज्योतिषी र बैध्यलाई हास्य पात्र बनाइन्थ्यो । तर आजको परिस्थिति ले भने अर्कै मोड लिने सकेंत गरेको छ। आफुलाइ भौतिकवादिको मसिहा हुँ भन्ने ठुला ठुला दिग्गज विशेष गरेर बामनेताहरुले समेत पछिल्ला समयमा ज्योतिषी विज्ञान र आयुर्वेद विज्ञान प्रति विश्वास गर्न थालेको देखिन्छ।जसले गर्दा हामी फेरि पुर्विय दर्सन तिर फर्कन लागेका हो कि भन्ने सकेंत गरेको छ।
बिश्वब्यापी रुपमा फैलिएको कोभिडका विरुद्ध विश्वजगत नै लागेको छ। मृत्यु भनेको के हो के रहेछ धन सम्पति जायजेथा भनेको के रहेछ मानवियता धर्म भनेको के रहेछ भन्ने कुराको कोभिड–१९ ले ठुलोशिक्षा प्रदान गरेको छ। कोभिड ज्ञढ ले शत प्रतिसतको हृदयको आखा खोल्न नसके पनि केही प्रतिसतको हृदयको आखा खोलिदिएको छ।कतिपय मानवमा अझै पनि मानवियता खोज्न राकै बाल्नु पर्ने भएपनि पछिल्ला घटनाक्रमले भने समाज हिजो भन्दा आज केही परिवर्तन भएको सहयोगि भावनले ओतप्रोत सेवा भावले जागृत भएको भन्ने कुराले भने सकेंत गर्छ। यसो त ससार भनेको केही रहेनछ एकदिन सबैले छाडेर जानुछ भन्ने कुरा थाहा भएपनि लोभ लालच स्वार्थरुपि भाइरस कति पय शक्ति राष्ट्र प्रमुख हरुमा मात्रै होइन कतिपय मानव मनमा समेत अझै झाङ्षिदै गएको छ ।
शक्ति राष्ट्रहरुमा पनि यतिबेला मानवजिवन बचाउनु पर्नेमा उल्टै एकले अर्कोलाइ सिध्याउने आफ्नो नियन्त्रणमा राख्न खोज्ने प्रवृति हावि भइ रहेछ यस्तो महामारिमा पनि शक्ति राष्ट्रहरु भ्याक्सिन भन्दा पनि लडाकु विमान र हातहतियार खरिदमा केन्द्रित छन्। अब हाम्रै देसको कुरा गर्नु पर्दा अब यहाँ कसैलाइ कसैको विशेष गरेर सरकारलाइ जनताको स्वास्थ्य सुरक्षा बारे कुनै चासो नै छैन।मात्रै सत्ताको चुनाबको गुटउपगुट सरक्षणको चासो मात्रै छ।
यतिबेला त नेताहरुमा जनता नै नरहे के को कार्यकर्ता कार्यकर्ता नै नरहे के को नेता नेतानै नरहे के को पाटि के को देस केको राष्ट्रियता के को राजनेता भन्ने प्रस्नले पलपल जन्म लिइ रहनु पर्ने हो ।तर त्यसको ठिक विपरित सरकारले मात्रै होइन नेताहरुले समेत रवैया देखाइ रहेका छन् ।जनता अभिभावक विहिन भइरहेका छन् दुई तिहाइ को बाम सरकार दाम सरकार बनि रहेको छ शक्तिशाली कम्युनिस्ट पाटिका नेता कार्यकर्ताहरूमा कमाउनिष्टको विल्ला लाग्न थालेको छ।सरकार गैर जिम्मेवार बन्दै गइरहेको छ जसले गर्दा नेपाली जनताले तेस्रो विकल्प खोज्नु पर्ने त होइन भन्ने सकेंत देखा पर्न थालेको छ।
प्रतिक्रिया दिनुहोस्