पोखरा–१३ र १४ जोड्ने पुल नबन्दा समस्या

सराङकोट न्यूज
12 November, 2020 9:27 am

पोखरा महानगर पालिकाको व्यस्त सडक मियाँ पाटन चाउथे जोड्ने नहर माथि पुल नबन्दा सवारी संचालनमा समस्या आएको छ । २०४५ साल आसपासमा बनाइएको सिँचाई नहर माथिको स्ल्याव साँघुरो मात्र हैन जिर्ण भइसक्दा पनि नयाँ पुल निर्माण गर्ने तर्फ राज्यको ध्यान जान नसकेको भन्दै स्थानीय वासिन्दा र सडक प्रयोगकर्ताहरुले रोष प्रकट गरेका छन् ।
सिचाँई नहर पश्चिम तर्फ पोखरा महानगरपालिकाको १३ नं. बडा पर्छ भने पूर्व तर्फ वडा नं. १४ पर्छ । स्ल्याव पुलमा सिंगल सवारी मात्र छिर्न सक्छ त्यो पनि खाल्टा खुल्टी भएका कारण दुर्घटना वढाउन वल पुगेको छ ।
नहरमाथि पक्की र व्यवस्थित निकास पुल नबनाइएको बारे जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख ई. किरण आचार्यले भने “सिँचाई मात्र हाम्रो प्राथमिकता हो सडक होइन” सडक निर्माण गर्न चाहे हामी अनुमती दिन्छौ ई. किरण आचार्यले थपे ।
पोखरामा चीन सरकारले ४० को दशकमा निर्माण गरेको पोखरा वृहत् सिंचाई नहर कृषिका लागि कोशेढुंगा नै वनेको छ । पोखरामा जालोको रुपमा वजारभरी फिारिएको सिंचाई नहर माथिको पुल बनाउनुपर्ने स्थानियको माग वारे पोखरा महानगरपालिकाले अझ सम्म निकास दिन सकेको छैन ।
पोखरा १३ र १४ वडा जोड्ने महत्वपूर्ण सडक जोड्ने सिँचाई नहर माथि व्यवस्थित पुल निर्माण बारे पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख शारदा मोहन काफ्ले सँग प्रतिकृया लिँदा उक्त स्थानमा यसै वर्ष पुल निर्माणका लागि वजेट व्यवस्थापन गरेर पुल निर्माण गरिने वताउँछन् । यस अघि पनि स्थानिय पूर्वाधार विकास कार्यालय कास्कीले वजेट दिने वताए पनि अन्त्यमा वजेट नआएकोले पुल बनाउन ढिलाई भएको इ काफ्लेल वताए । उनले हाम्रेो उक प्रश्नमा भने हामी यो वर्ष जसरी पनि फराकिलो पुल बनाउँछौं ।
पोखरा १४ मा पिपी मार्ग निर्माण भई ६० फिटको सडक निर्माण भएको छ । ६० फिटको सडकमा करिव २५ फिटको स्ल्याव पुल आफैमा अस्भानिय रहेको छ । ३० वर्ष अघि वनेको नहरमाथि व्यवस्थित पुल नबनाउने तर्फ महानगरले यसै वर्ष पहल थाल्न जरुरी छ । आकस्मिक कोषबाट बजेट व्यवस्थापन गरेर भए पनि पुल बनाउने महानगरका प्राविधिक महाशाखा प्रमुख ई शारदा मोहन काफ्लेको प्रतिवद्धताले यो वर्ष भित्र कार्यान्वयन आउने अपेक्षा गरिएको छ ।
महानगर भित्रका नगरी नहुने योजना निर्माण प्राथमिकताको आधारमा ध्यान जान जरुरी छ । विजयपुर देखि पोखराको केन्द्र महेन्द्रपुल जोड्ने वैकल्पिक सडक विपि मार्गमा पर्ने मियाँ पाटनको साँघुरो सिँचाई स्ल्याव वर्षो देखिको समस्या वन्दै आएको हो आज सम्म कुनै निकायको ध्यान गएन जसको कारण दैनिक लामो जाम सहन विक्स छन् सडक प्रयोग कर्ता ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: