छेपारेवाद प्रवृतिको चङ्गुलमा लोकतन्त्र

शिवराज वस्ताकोटी (शिवदाई)
12 November, 2020 9:24 am
Shiva Raj Bastakoti

देसले बर्षौ देखि दुख कष्ट झेल्दै आयो पटक पटक देस अनिर्णयको बन्दी बन्दै गयो नेपाली जनता पटक पटक अनिर्णयका बन्दी बन्दै आए इतिहासकै विभिन्न कालखण्डमा शासक हरुले नेपाली जनता लाई पटक पटक विभिन्न खाले सुनौला सपना हरु देखाउदै र नेपाली जनताका इच्छा चाहना आर्कषणहरुलाइ वालुवाटारको दराजमा तामेलिमा राख्ने काम गर्दै आए । कहिले ब्यवस्था त कहिले राजसस्था ले गर्दा राष्ट्र हितका काम गर्न नपाएको भन्दै आएका शासकहरुको इच्छा लाई नेपाली जनताले पुर्णता दिदै आए ब्यवस्था मात्रै परिवर्तन भएन राजसस्था लाई नै बिस्थापित गर्ने काम भयो । त्यतिले पनि नपुगेर फेरि स्थायि सरकार नभएकै कारण देस बिकासका काम र नेपाली जनताका हक अधिकार सुनिश्चित हुन सकेनन् भनेर नेताहरु रुन कराउन थाले नेपाली जनताले दलका नेताहरुको त्यो चाहना लाई पनि पुरा गरिदिए।पटक पटक शासक परिवर्तन हुदा उनै पुरानै मुखौटाहरु शासक बन्दै गए जसले गर्दा देस पुरै छेपारे प्रवृतिवादमा भासिदै गयो ।
वर्तमान सरकार पनि त्यहि छेपारे प्रवृतिकै एउटा नमुना हो भन्दा फरक नपर्ला हिजो राजसस्था हुदा अहिले गणतन्त्र हुदा शब्दाम मात्रै भिन्नता छ तर पात्र र प्रवृति जिवनशैलिमा भने कुनै भिन्नता देखिदैन कांग्रेस सत्तामा आए पनि नेकपा सत्तामा भएपनि देसले न त कुनै परिवर्तन पायो न त नेपाली जनतालेनै परिवर्तनको अनुभुति गर्न पाए हिजो राजस्थाले देसको धुकुटि रित्यायो नेपाली जनताको थाप्लोमा हरेक दिन रिण थपिदै गयो भन्ने हरु अहिले सबै भन्दा बढि आ आफ्नै तलव भत्त बडाउनमै केन्द्रित हुँदै गए अहिले आएर नेपाली जनताको थाप्लोमा जनसंख्याको आधारमा हेर्ने हो भने एक जना बराबर करिव ४५ हजार भन्दा बढि रिण भार रहेको छ देस भर करि ८० लाख बराबर नेपाली जनता बिदेसिएका छन् देसभर भएका करिव ५ दर्जन उध्योग कल कारखाना यिनै कांग्रेस र नेकपाका नेताहरुले नै बेचेर खाएका छन् राज्यमा भएका सरकारि जमिनहरु लिजमा दिने नाममा विभिन्न बहानामा तस्कर माफिया हरु लाइनै सुम्पिने काम भइरहेका छन्।
फेरि पनि नेताहरुमा जसरि भएपनि जुन दुलो बाट भएपनि वालुवाटार छिर्नु नै मुख्य उदेस्य रहेको देखिन्छ त्यसैले भन्नै पर्ने हुन्छ यहाँ केही फेरिएको छैन फेरिएको छ त नेताहरुको जिवनशैलि फेरिएको छ देस लुटेर खाने सिष्टम फेरिएको छ हिजो अबैधानिक तरिकाले देस लुट्ने काम हुन्थ्योअहिले सबैधानिक तरिकाले देस लुट्न मिल्ने ब्यवस्था गरिएको छ जनताले चाहेर पनि विरोध गर्न नसक्ने अवस्था छ नेता कर्मचारिले कति कसरी लुटि रहेछन् भनेर सामान्य सुचना माग्न जाने सर्व साधारण नागरिक हरुलाइ समेत सबै भ्रष्ट हरु मिलेर उल्टै कष्टडिमा राख्न थालेका छन् ।यहाँ किन लुटेर खाएको भन्न पनि पाइदैन यो भन्दा तानशाह र निरकुंश अरु के हुन सक्छ।
जनता सडकमा भोकभोकै छटपटाइ रहदा सेवामनहरुले खुवाउन पनि प्रतिवन्ध लगाउने अकुंस लगाउने काम सरकार बाटै भइरहेछ कि काम देउ सरकार कि माम देउ कि खान देउ कि देस छोडेर जान देउ भनेर जनता सडकमा र चौर र सिमा क्षेत्रमा लाइन लाग्न थाली सकेका छन् जनता अभिभावक विहिन भइ सकेका छन् सरकार भने उल्टै जनताहरु माथि झन् दोष थोपारेर आफु दुधले नुहाइ रहेछ एकातिर जनता यसरी छटपटाइ रहेका छन् अर्कोतिर स्वय सत्तासिन पाटि आफ्नै धोती फुस्किदा पनि सभाल्न सकिरहेको छैन नेपाली जनताले बनाएको शक्तिशाली पाटि दुइतिहाइको वहुमत प्राप्त सरकार आफ्नै आन्तरिक द्वन्द र गुटबन्दिको चरम् सिकार बन्दै गइरहेको छ। यसका सिकार पाटि सरकार मात्र होइन आम कार्यकर्ता हरु समेत विलखवन्दमा परि रहेका छन् त्यति मात्रै होइन उनिहरुमा माथिदेखि तल सम्म आरोप प्रत्यारोपको राजनीति दोहोरि शुरु भइ सकेको छ।
सि·ो नेकपाका शिर्ष नेताहरुले हिजो नेपाली जनता सग गरेका प्रतिवद्दता लाई समेत विर्सेर जनताको आस भरोसा र मनोभावना लाई कुल्चेर सत्ता केन्द्रित हुँदै देस र जनता भाडमा जाए भने जस्तो गरि रहदा पनि सि·ो पाटिका युवा नेताहरु समेत तैचुप मैचुप झै गरि आ आफ्ना नेताहरुको फुर्को समाति रहदा र हामी इतिहास बोकेको महान नेताहरु गुमाएको कम्युनिस्ट पाटि का नेता कार्यकर्ता होउ भन्ने कुरालाइ समेत विर्सदै सि·ो पाटि पङ्तिका कार्यकर्ता भन्दा पनि ब्यापारिका कामदार हरु जस्तो गरि प्रस्तुत भइरहदा स्वय इमानदार पाटि प्रति बफादार नेता कार्यकर्ता हरु मात्रै होइन नेपाली जनता समेत अलमलमा परि रहेका छन् यसले के देखाउछ भने नेकपालाइ सत्ताको घिउ पचेन नेताहरु लाई कुर्चि मोहले छाडेन जसले गर्दा पाटि भित्र यति ठूलो सकंट देखा पर्न थाल्यो।
एउटै पाटिका दुई अध्यक्ष मिल्न नसक्नु अन्य नेताहरुले दुई नेतालाइ साइजमा राख्न नसक्नु दुखद कुरो हो यसले के देखाउछ र स्पष्ट पार्छ भने नेकपामा निडर निस्वार्थि देस र जनता प्रति वफादार पाटि प्रति इमानदार युवा नेताहरुको अनिकाल परेकै हो त भन्ने प्रस्नले पनि जन्म लिने संकेत गर्छ। वलि प्रचण्ड लाई राखेर आज सम्म अब तपाइहरु दुवैले विश्राम लिनु होस् हामी पाटि सरकार दुवै चलाउछौ भन्ने आट नभएका नेताहरुको यो भिडमा अब शाहसि निडर कम्युनिस्ट नेताहरुले अब जन्म लिनु पर्छ नत्र अब न त लोकतन्त्र रहन्छ न त यो सरकार नै रहन्छ देसमा चौतर्फि खतरा मण्डराइ सकेको छ राष्ट्र पति पनि विवाद रहित हुन नसके पछि एउटा पाटि पङ्तिको धारमा देखिन थालेपछि झन् बलेको आगोमा घिउ थप्ने काम भएको राजनीतिक विश्लेषक हरुले बताइसकेका छन्।
छिमेकि सगको सम्बन्ध चिसिदै जानू पाटि भित्र को सम्बन्ध ओइलाउदै जानू भनेको लोकतन्त्र माथि पनि खतरा हुनु हो हुन ता यहाँ शासकहरु लाई के नै फरक पर्छ र राजतन्त्र नै आए पनि लोकतन्त्रनै रहेपनि जसरि भए पनि आखिर सत्ता नै चलाउनु हो हिजो राजतन्त्र छदा मन्त्री भकाहरु लाई लोकतन्त्र जानू पनि कुनै नौलो कुरा पनि भएन जसरि भए पजि जसको बुइ चढेर भएपनि सत्ताको स्वाद लिएका हरुलाइ लोकतन्त्र रहनु र जानुले खासै फरक पनि पार्दैन। यता प्रतपक्षि भने सत्तापक्ष पाटिको घरमा लागेको आगो तापि रहेछ हुनता प्रतिपक्षि पनि आफ्नै आन्तरिक खिचातानीमा अल्झि रहेको छ देस कसले बनाउने भन्दा पनि देस कसले कसरी लुट्न पाउने भन्ने होडबाजि जताततै हुन थाले पछि के देसले अर्को विकल्प खोजेकै हो त भन्ने जटिल प्रस्नले जन्म लिइ सकेको छ ।
देसभर जताततै विरोध भइरहेछ जनता उकुसमुकुस छन् यदि कोरोना महामारी सकियो भने साराका सारा जनता सडकमा निस्केर विद्रोह गर्ने सभावना बढेर गएको छ सरकार गैर जिम्मेवार मात्रै होइन निरकुंश बन्दै गइरहेको छ न्यायालयमा न्याय मरेको ता छैन अख्तियारका आखा निदाएका त छैनन् सेना प्रहरी पाटिका सहायक बनेका त होइनन् देस ठेकेदार माफियाहरुको च·ुलमा फसेको ता होइन नेताहरु विदेसि शक्ति हरुका मतियार बनिरहेका त छैनन् कतै नेपाली जनताले फेरि एक पटक रगत बगाउनु पर्ने त होइन भन्ने खतरा देखिन थालेको छ त्यसैले सरकारले अब पनि चेताएन दुई नेता ओलि र प्रचण्ड को खोपडि भित्र सुर्यको किरण पसेन भने देस फेरि पचासौ बर्ष पछि धकेलिने त्यत्तिकै सभावना छ नेपाली जनताले बगाएको रगतले सार्थकता नपाउने हो कि शहिदका सपना अलपत्र पर्ने हुन् कि भन्ने खतरा बढ्न थालेको छ नेताहरुको कमाउ लुट भन्ने खालको प्रवृतिले देस उकासिनेमा आम नेपाली जनतामा शंका उब्जिएको छ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: