हाम्रो सहयोगी सहकारीको साधारण सभा सम्पन्न

सराङकोट न्यूज
8 November, 2020 10:33 am
Advertisements
Advertisements

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि, पृथ्वीचोक, पोखराको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धचोक स्थित होटल टास्क इन्टरनेश्नलमा सरकार र सहकारी बिभागको निर्देशन पालना गर्दै कोराना भाइरस (कोभिड–१९) को बिश्वब्यापी महामारीसँग सतर्क रहने विधि अबलंम्बन गरी कार्यक्रम गरिएको थियो ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै कोभिड–१९ ले नेपालमा पारेको अर्थतन्त्रको प्रत्यक्ष असरलाई सहकारीले न्यूनिकरण गर्न सहयोग गरेको बताएका थिए । सहकारीले विना झन्झट उद्यमीहरुलाई लगानी गरेको समेत जानकारी दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी बिभाग सदस्य राधिका साही, संस्थाका संस्थापक अध्यक्ष गिरी प्रसाद गुरुङ, निबर्तमान अध्यक्ष शिव प्रसाद सापकोटा, लेखा समिति सदस्य राम चन्द्र पोख्रेल लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष शुक्र राज कंडेलको सभापतित्वमा संञ्चालन भएको कार्यक्रममा सह–सचिव कृष्ण प्रसाद तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: